
नृत्य निर्देशक गोविन्द राईले दोश्रो फिल्म निर्देशन गर्ने भएका छन् । नृत्य निर्देशक राईले निर्देशन गर्ने दोश्रो फिल्ममा उनले केही प्रतिशत लगानीमा समेत सहकार्य गरेका छन् । गोविन्दको निर्देशन एंव सह निर्माण रहने फिल्मको संगीत रेकर्डिङ कार्य गरिएको छ । फिल्मको शिर्षक भने जुराउन बाँकी रहको गोविन्दले बताए ।

हुनत, नेपाली फिल्ममा लागिसकेपछि कलाकारहरुले प्रेमी र प्रेमिका सार्वजनिक गर्दैनन् । बिहे गरेकाले पनि गरेको छैन भन्छन् ।तर, अभिनेत्री नीता ढुंगानाले आफ्नो प्रेमी फेसबुकबाटै सार्वजनिक गरिन् । कलाकार आमेष भण्डारीलाई आफ्नो प्रेमिको रुपमा चिनाएकी नीताले यसपछि भने उनीसँग खिचिएका तस्बिर सधै जसो फेसबुकमा राख्छिन् ।

फिल्म बजारमा अभिनेता र अभिनेत्रीको चर्चा खुबै हुन्छ । तर, कोही कलाकारको चर्चा भने सधै हुदैन । कुनै विशेष समयमा चर्चा पाउने कलाकारले अरु बेला मिडियामा खासै स्थान पाएको देखिदैन ।

फिल्म ‘वेलकम’को सिक्वेल ‘वेलकम ब्याक’ले भारतको बक्स अफिसमा नपत्याउदो कमाई गरिरहेको छ । सन् २०१५ बलिउडका लागि फापिरहेको समयमा यो फिल्मले पनि ४ दिनमा राम्रो कमाई गरेको हो ।

नेपाली फिल्म क्षेत्रमा योगदान पु¥याउने एक फिल्मकर्मीलाई हरेक बर्ष उपाधी प्रदान गर्दै नेपाल चलचित्र प्राविधिक संघले यो बर्ष पनि हाँस्य कलाकारद्धय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई सम्मानित गर्ने भएको छ ।

चलचित्र विकास बोर्डले काठमाडौंमा भएका सिनेमा हलहरुको अनुगमन प्रारम्भ गरेको छ । विकास बोर्डले सोमबार जारी गरेको प्रेस विज्ञप्तीमा जनाइए अनुसार चलचित्र विकास बोर्ड अन्तर्गत रहेको ‘चलचित्र प्रदर्शन अनुगमन समिति’ ले सोमबारदेखि नै अनुगमन कार्यको थालनी गरेको हो ।

