शाहरुख खान पछि भारत असहिसुष्ण राष्ट्र बनेको भन्दै आमिरले पनि मुख खोलेका छन् । उनले श्रीमति किरणले देश छाड्नु पर्ने जिकिर गरेको बताउँदै आफूले पनि त्यस्ता थुप्रै घटना देखेको बताएका छन् ।उनले असहिसुष्णताको बिरोधमा अवार्ड फिर्ता गर्नेहरुको समेत सपोर्ट गरेका छन् ।
‘‘सिर्जनशील मानिसले गर्न सक्ने भनेको यही हो । म यसको पक्षमा छु,’ सोमबार भएको एक कार्यक्रममा आफ्नो धारणा राख्दै भनेका थिए, ‘व्यक्तिगत रुपमा र यो देशको नागरिक भएका नाताले पनि देशमा के भईरहेको छ सबै देखिरहेको छु । दिन दिनै समाचार हेरेर र पढेर आफ्नो वरिपरी के भईरहेको छ देखिरहेको छु । किरणको आँखामा आफ्ना बच्चाप्रतिको असुरक्षा देखिरहेको छु ।’
उनले जनताबाट चुनिएका प्रतिनिधीले सबैमा शान्तिको अनभूत गराउन भूमिका खेल्न पर्ने पनि जिकिर गरेका थिए । यसअघि शाहरुख खानले पनि देशमा असहिष्णुता बढेको भन्दै सरकारको आलोचना गरेका थिए ।आमिरको धारणा पछि अनुपम खेर, रामगोपाल बर्मा जस्ता फिल्मकर्मीले आमिर शाहरुखले असहिसुष्णतको बिरोध गर्नु बाहियात भएको टिप्पणी गरेका छन् ।
उनीहरुले जुन देशले उनीहरुलाई स्टार बनायो, स्टार हुन्जेल चैं केही नहुने अहिले देश असहिसुष्ण हुने भनेर आमिरको धारणाको आलोचना गरेका छन् । यसअघि ११ जना नेसनल अवार्ड विजेता फिल्मकर्मी र ५० जना भन्दा ज्यादा साहित्यकार र वैज्ञानिकले मोदी सरकारले जानाजान असहिसुष्ण्ता बढाईरहेको भन्दै बिरोधमा आफू पाएका राष्ट्रिय अवार्ड फिर्ता गरेका थिए ।

