मिति : २०८१ वैशाख १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

एमालेको पछि किन लाग्दैछिन् रेजिना ?

फिल्मीखबर, काठमाडौं, 2015/11/24
अभिनेत्री रेजिना उप्रेती बिहे पछि फिल्मी क्षेत्रमा गुमनाम जस्तै बनिन् । लण्डनमा बिजनेश गर्दै आएका प्रेमी सुरज पोखरेलसँग लगनगाँठो कसेपछि फिल्ममा होस् या फिल्मसँग सम्बन्धित कार्यक्रममा उनको उपस्थिती खासै देखिएन । 
 
तर, डेढ महिना पहिले देशमा एमाले नेतृत्वको सरकार आएसँगै उनको सकृयता भने बढेको पाईएको छ । केहि दिन पहिले उनी एक्कासी एमाले निकट जनपक्षिय चलचित्रकर्मी संघको कार्यक्रममा एमालेबाट सञ्चारमन्त्री बनेका सेरधन राईलाई स्वागत गर्ने कार्यक्रममा देखिईन् । 
 
यसअघी कहिँकतै नदेखिएकी उनको देशमा एमाले सरकार आएसँगै देखिएको सकृयताले फिल्मी राजनीतिक बृत्तमा भने नयाँ चर्चा पाएको छ । त्यसो त उनी मंगलबार भएको ‘चलचित्रकर्मी राष्ट्रिय जागरण अभियान’ले आयोजना गरेको र्‍यालीमा पनि सहभागी भईन् र त्यसपश्चात दिनभरी एमाले निकट फिल्मकर्मीहरूसँगै भएको फिल्मीखबरले भेटेको छ । 
 
अनामनगरमा ३ घण्टा जति रेजिना जनपक्षिय चलचित्रकर्मी संघका अध्यक्ष केशव भट्टराई तथा निर्देशक कलाकार लय सग्रौला, निर्देशक सुमन दाहालहरुसँग छलफलमा बसेकी थिईन् । जसले सरकारले गर्ने राजनीतिक नियुक्तीको लागी उनको सकृयता बढेको हुनसक्ने अनुमान छ ।
 
त्यसो त फिल्मसँग सम्बन्धित संघ संस्थामा जुन पार्टीको सरकार आयो सोही पार्टीसँग निकट कलाकर्मीहरुले अबसर पाउने गरेका छन् । रेजिना यसअघी कुनै राजनीतिक पार्टीसँग बढी झुकाब राख्नेगरी नखुलेपनि एमाले सरकार आएसँगै उनले बढाएको फिल्मी भन्दा पनि राजनीतिक सकृयताले नयाँ अड्कलबाजी सुरु गराएको सत्य हो । 
 
राजनीतिक नियुक्तीको लागी नै उनको सकृयता हो या यसको पछाडी अन्य कुनै कारण छ त्यो भने केहि दिनमा पक्का खुल्नेछ ।