मिति : २०८१ वैशाख ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सायद सिक्वेललाई छानिए निर्देशक

फिल्मीखबर, काठमाडौं, 2015/11/24
हिट फिल्म ‘सायद’ सिक्वेलको लागी निर्माण कम्पनि दुर्गिश फिल्मसले निर्देशक अनुबन्ध गरेको छ । बलिउडका विभिन्न फिल्ममा सहायक निर्देशन गरिसकेका पुष्पराज न्यौपानेलाई ‘सायद २’ को लागि अनुबन्ध गरिएको निर्माण कम्पनीको भनाई छ ।
 
निर्देशकको लागि परेको आवेदनबाट न्यौपाने छानिएको बताईएको छ । उनले बलिउडका ‘डेन्जरस इस्क’, ‘राज ३’, हेट स्टोरीको २ र ३ सिक्वेल, ‘म्याक्सिमम’, ‘राज ३’मा काम गरिसकेका छन् । सिरियलहरु ‘घरकी लक्ष्मी’ ‘बेटियाँ’, ‘गीता’, ‘मधुबाला’ र ‘सावधान इन्डिया’मा उनले सहायक निर्देशकको रुपमा काम गरिसकेको दुर्गिश फिल्मसले जनाएको छ ।
 
पहिलो पटक ‘सायद’ फिल्म बनाएर सुरुवातमा नै सफलता चाखेको दुर्गिश फिल्मसले त्यसैको हौशलामा ‘होस्टेल’ र ‘होस्टेल रिटर्न्स’ बनाएको थियो ।  फिल्मको 'सायद २'को लागि कलाकारहरुको टुंगो भने लागिसकेको छैन ।