मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`पशुपति प्रसाद` लिएर आए टुल्के (ट्रेलर हेर्नुस्)

फिल्मीखबर, काठमाडौं, 2015/11/25
फिल्म 'पशुपति प्रसाद'को ट्रेलर सार्वजनिक गरिएको छ । काठमाण्डौको क्यूज हलमा आयोजित कार्यक्रममा फिल्मको ट्रेलर देखाइएको हो ।
 
 
फिल्म 'टलकजंग भर्सेस टुल्के'का मुख्य कलाकार खगेन्द्र लामिछानेको मुख्य भूमिका रहेको यो फिल्मको ट्रेलर पनि उनी नै केन्द्रित छ । बाउआमाको अधुरो सपना पूरा गर्न शहर पसेको एउटा गाउँले केटाको कथामा 'पशुपति प्रसाद' बनेको ट्रेलरले देखाउँछ । 
 
 
रोजिना सिटौला कार्यकारी निर्माता, रजना नापित निर्माता रहेको फिल्मको कथा खगेन्द्रले नै लेखेका हुन् भने निर्देशन दीपेन्द्र के खनालले गरेका हुन् । फिल्ममा खगेन्द्रको साथमा बर्षा सिवाकोटी, विपिन कार्की, प्रकाश घिमिरे, रविन्द्र सिंह बानियाँ, मिश्री थापा, आशिष अधिकारीको अभिनय छ ।
 
फिल्म प्रदर्शन भएपछि आफ्नो परिचय टुल्केबाट पशुपति प्रसादमा बदलिने कलाकार तथा लेखक खगेन्द्र लामिछानेले विश्वास गरे । अभिनेत्री बर्षा सिवाकोटीले फिल्मको कथावस्तुमा आफू सस्पेन्स पात्रको रुपमा देखिएको बताइन् । 
 
निर्देशक खनालका अनुसार फिल्मले गाउँबाट शहर पसेको एक युवकले आफ्ना मरिसकेका पिताको ऋण कसरी तिर्छ भन्ने देखाउने बताएका छन् । फिल्म 'पशुपति प्रसाद' माघ १५ गतेबाट नेपालभर प्रदर्शनमा आउनेछ ।