मिति : २०८१ वैशाख ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्राविधिक संघमा पुष्कर लामाको नेतृत्व

फिल्मीखबर, काठमाडौं, 2015/11/25
नेपाल चलचित्र प्राविधिक संघको नयाँ नेतृत्वको लागी भएको निर्वाचनमा पुष्कर लामा विजयी भएका छन् । उनले चिर प्रतिद्वन्दी अनन्त तिमिल्सिनालाई ३९ मतले पछि पार्दै आगामी दुई बर्षे कार्यकालको लागी अध्यक्ष पदमा स्थान सुरक्षित गरेका हुन् । लामाको पक्षमा १ सय ६० मत पर्दा तिमिल्सिनाले १२१ मतमा चित्त बुझाए ।
 
 
बुधवार राजधानीमा सम्पन्न निर्वाचनले १७ सदस्यिय नयाँ कार्यसमिति चयन गरेको हो । नव निर्वा्चित कार्यसमितिको महासचिवमा सुरज आचार्य १ सय ६ मत सहित बिजयी भए । उनले निकटतम प्रतिद्वन्दी केशव घिमिरेलाई ५ मतले पछि पारे । 
 
त्यस्तै दुई उपाध्यक्षमा अरुण रेग्मी र गणेश सापकोटा निर्वा्चित भए । रेग्मीको पक्षमा १ सय ३ र सापकोटाको पक्षमा ९७ मत पर्यो भने सचिवमा शंकर पाण्डे १ सय ७५ मत सहित बिजयी भए । प्रतिद्वन्दी नविन पुरीले ९८ मत प्राप्त गरे भने कोषाध्यक्षमा गीता पौडेलले करिव १ मतको हाराहारीमा हरी शिलवाललाई पछि पार्दै बिजयी भईन् । उनले सर्वा्धिक १ सय ८२ मत प्राप्त गरिन् ।
 
१७ सदस्यिय कार्यसमितिको ११ सदस्य पदमा शालिकराम दुलाल, योगेश्वर पौडेल, देवी प्रसाद दाहाल, श्याम तामाङ, रविन आचार्य, दुर्गा पौडेल, दिनेशकुमार राई, शोभा श्रेष्ठ, विनोद कार्की, दिलिप पन्त, संगिता लामा र विनोद लामा विजयी भएका छन् । कुल मतदाता ३ सय ४७ रहे पनि जम्मा २ सय ८५ मत खसेको थियो । 
 
बिजयी भएसँगै नव निर्वा्चित अध्यक्ष लामाले सबैलाई समेटेर अघि बढ्ने भन्दै हार र जितको हिसाब नगर्न आग्रह गरे । आफ्नो जीत सम्पुर्ण चलचित्र प्राविधिकहरुको जीत भएको उनको तर्क थियो ।