Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 15805 - 15810 of 24018
फिल्मीखबर, काठमाडौं, 2015-09-11, शुक्रवार

फिल्म प्रेमगीतको छायांकन अहिले जोमसोममा भैरहेको छ । सुदर्शन थापाले निर्देशन गरिरहेको यो फिल्ममा पुजा शर्मा र प्रदिप खड्काले मुख्य भूमिका निर्वाहा गरेका छन् । फिल्मको जोमसोममा छायांकनका क्रममा निर्देशक थापालाई १०४ डिग्रि ज्वरोले सताएको थियो ।

फिल्मीखबर, काठमाडौं, 2015-09-11, शुक्रवार

फिल्म ‘वडा नम्बर ६’ का निर्देशक उज्ज्वल घिमिरे यसको प्रचारमा देखिएका थिएनन् । अरु त अरु औपचारिक कार्यक्रमका बेला पनि उनको अनुपस्थितिले निर्माता र निर्देशक बीच खटपट भएको आशंका जन्माएको थियो ।

फिल्मीखबर, काठमाडौं, 2015-09-10, बिहिवार

अभिनेता जीवन लुईंटलको आज जन्मदिन परेको छ । जीवन ३४ वर्षमा प्रवेश गरेका छन् । विराटनगरको हरैंचामा जन्मिएका जीवनले स्कुले शिक्षा पनि त्यही पूरा गरेका थिए ।
सन् २००२मा मिस्टर नेपाल जितेर मोडलिङमा प्रवेश गरेका जीवनले सन् २००७ मा ‘तिर्खा’ नामको फिल्मबाट अभिनय यात्रा थालेका थिए ।

फिल्मीखबर, काठमाडौं, 2015-09-10, बिहिवार

अभिनेता विनय श्रेष्ठले इंगेजमेन्ट गरेका छन् । उनले काठमाडौं निवासी एनी थापासँग बुधबार टीकाटालो गरेका छन् । पारिवारिक माहोलका बीच बुधबार राती भएको कार्यक्रममा विनय र एनीले औंठी साटासाट गरेका थिए । टीकाटालो कार्यक्रम विनयकै स्कुल त्रिपुरा बोर्डिङ स्कुलमा सम्पन्न भएको स्रोतले बतायो ।

एजेन्सी, मुम्बई, 2015-09-10, बिहिवार

सलमान खान र सोनम कपुर एउटै ओछ्यानमा भेटिएका छन् । सोनम स्वयंले फोटो सार्वजनिक गर्दै सलमान र आफूसँगै सुतेको बताएकी हुन् । गलत अर्थ नलगाउनु होला उनीहरु एउटै ओछ्यानमा भेटिएका त हुन् तर तपाईंहरुले कल्पना गरेजस्तो अवस्थामा होइन । फिल्म सुटिङका लागि दुवैलाई एउटै ओछ्यानमा भेटिएको हो ।

फिल्मीखबर, काठमाडौं, 2015-09-10, बिहिवार

अभिनेता जीवन लुइटेल र सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित एकै मञ्चमा देखिए । एक एल्बम बिमोचनका क्रममा सँगै देखिएका यी दुई पात्रको अवस्था भने बिल्कुल भिन्न छ ।
मन्त्री पण्डित अहिले सरकारी कर्मचारीले कि तजागिर कि त डीभी र पीआर छाड्नुपर्ने अभियानमा छन् । यता, अभिनेता जीवन लुइटेल भने अमेरिकाको ग्रिनकार्ड एप्लाई गरेर नेपाल फर्किएका हुन् ।

Results : 15805 - 15810 of 24018