मिति : २०८१ वैशाख ११, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

`जाउँ हिंड पोखरा`को प्रिमियर गरिने

फिल्मीखबर, काठमाडौं, 2015/11/25
आउदो शुक्रबारबाट रिलिजको तयारीमा रहेको फिल्म 'जाउँ हिंड पोखरा'ले राजधानीमा प्रिमियर शोको आयोजना गर्ने भएको छ । विभिन्न फिल्मकर्मी, सञ्चारकर्मी र बिशेष अतिथिहरुका लागि फिल्मको प्रिमियर शो गरिन लागिएको निर्देशक शोभित बस्नेतले बताए ।
 
 
फिल्मको बुधबार साँझ साढे ५ बजे सिटि सेन्टरमा भव्य प्रिमियर गरिन लागिएको हो । देशभर ८० भन्दा बढि पर्दा पाएको फिल्मले प्रिमियरमा पाउने प्रतिक्रियाले फिल्मको ब्यापारमा ठुलो अर्थ राख्ने निर्देशक बस्नेत बताउँछन् ।
 
निर्देशक बस्नेतले फिल्म मनोरञ्जनको खजाना भएकाले सबैलाई मनोरञ्जन मिल्ने दाबी गरे । फिल्ममा रेखा थापा, जिवन लुईटेल, जिके शर्मा सहित स्वयम निर्देशक बस्नेत लगायतको अभिनय रहेको छ । फिल्म समाजिक प्रेमकथामा आधरित छ ।