मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

क्यानडा पुगे जीवन

फिल्मीखबर, काठमाडौं, 2015/11/25
अभिनेता जीवन लुईटेल क्यानडा पुगेका छन् । केही समय अगाडि अमेरिकामा पुगेका जीवन त्यहीबाट क्यानडा पुगेका हुन् । क्यानडामा नोभेम्बर २८ मा जीवन अभिनित फिल्म 'काफल पाक्यो'को प्रिमियर हुँदैछ । 
 
 
जीवनलाई विमानस्थलमा डाँफै स्पोर्टस क्लबमा अध्यक्ष ध्रुव राईले स्वागत गरेका थिए । जीवनले क्यानडाका नेपाली फिल्म हेर्न उत्साहित भएको बताए । क्यानडामा फिल्मको प्रिमियर सकेर जीवन अमेरिकामा नै फर्कनेछन् । 
 
भ्यालेन्टाइन डेको समयमा मात्र आफू नेपाल फर्कने जीवनले जानकारी दिएका छन् । उनले आफू अभिनित फिल्म 'रिफ्यूजी'को पनि प्रिमियर अमेरिका र क्यानडामा गर्ने बताएका छन् ।
 
जीवनले अष्ट्रेलियामा फिल्म, 'नाईं नभन्नु ल' 'रिदम', 'नोटबुक' र अमेरिकामा 'भूलभूलैया'को प्रिमियर गराएका थिए । उनले आफ्ना आगामी फिल्मलाई यसैगरी बिदेशमा प्रिमियर गर्दै लैजाने बताए ।