मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

चर्को विवादपछि मुख खोले आमिरले

एजेन्सी, मुम्बई, 2015/11/25
श्रीमती किरण रावले भारतमा असुरक्षा रहेको र अहिष्णुता बढेको भन्दै देश नै छाड्नुपर्छ भनेको प्रकारको अभिव्यक्ती दिइपछि विवादमा तानिएका बलिउड स्टार आमिर खानले विवादपछि अन्ततः मुख खोलेका छन् । 
 
आमिरले आफु र आफ्नो परिवारले भारत देशको सधैं माया गर्ने र कहिल्यै भारत नछाड्ने बोलेका छन् । विवादित अभिव्यक्तीपछि फ्यानहरुले पोस्टर तथा पुत्ला जलाउँदै उनको घर अगाडी प्रदर्शन गरेपछि आमिर पुनः मुख खोल्न बाध्य भएका हुन् । 
 
आमिरले आफ्नो अभिव्यक्तीले यती ठुलो विवाद निम्त्याउँछ भनेर नसोचेको तथा देश छाड्नको लागि नभई उक्त अभिव्यक्ती देशको समसामयिक परिस्थितीलाई जोडेर मात्र दिएको बताए ।
 
‘भारतमा जन्मेँ, अहिले जुन स्थानमा छु यो स्थान यही देशले दिएको हो, देश छाड्ने बारेमा कहिल्यै पनि कल्पना सम्म गर्न सक्दिन’, ५० बर्षगाँठ पार गरेका आमिरले भने । उनले भारतिय भएकोमा जहिले पनि गर्व महसुस गरिरहेको बताएका छन् ।