मिति : २०८१ वैशाख ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

बेल्जियममा `फन्को` प्रिमियर | उत्कृष्ट प्रतिकृया

फिल्मीखबर, काठमाडौं, 2015/11/25
नेपालमा माघ १ गते रिलिज हुने भनिएको फिल्म 'फन्को'को युरोपको बेल्जियममा रेडकार्पेट प्रिमियर गरिएको छ । गत सोमबार नोभेम्बर २३ मा बेल्जियममा अवस्थित जेड लुभेन हलमा फिल्मको प्रिमियर गरिएको हो । 
 
शुरूमा एक शो मात्र प्रदर्शन गर्नेे भनिएको भएपनि दर्शकहरुको अत्याधिक चापले गर्दा अर्को शो थप गरिएको निर्माता सहदेव गौतमले जानकारी दिए । दोश्रो शोमा पनि दर्शकहरुको चाप बढेपछि 'फन्को'लाई आगामी २९ तारिखका दिन पनि प्रदर्शन गर्न लागिएको निर्माता गौतमको भनाई छ ।  
 
'फन्को' हेरेपश्चात बेल्जियमबासिहरूले फिल्म उत्कृष्ट बनेको प्रतिकृया दिए । आम नेपाली युवायुवतीहरुको मोटो रकम कमाउने मोहको कथा बोकेको यस फिल्मको प्रस्तुतीले मन छोएको दर्शक प्रतिकृया छ । फिल्मका कलाकारहरू दयाहाङ राई, सौगात मल्ल, प्रिंयका कार्की, केकी अधिकारी, अनुप बरालको अभिनयको पनि प्रशंसा भएको छ । 
 
फरक खाले प्रस्तुतीलाई दर्शकहरुले मन पराएकाले अब बेल्जियममा थप शो गर्ने प्रस्तुतकर्ता पदम गुरूङले बताए । सुवर्ण थापाले निर्देशन गरेको 'फन्को'मा कमेडी, सस्पेन्स, हाँस्यसँगै सामाजिक कथालाई उठान गरिएको छ । यो फिल्ममा सहदेव र पदमको साथमा नरेन्द्र महर्जनको पनि लगानी छ ।