Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 15799 - 15804 of 24018
फिल्मीखबर, काठमाडौं, 2015-09-12, शनिवार

आर्यन सिग्देलले फिल्म ‘नोभेम्बर रेन’ र प्रियंका कार्की ‘सुन्तली’बाट उत्कृष्ट ठहरिएका छन् । शनिबार वितरण गरिएको एनएफडिसी राष्ट्रिय अवार्ड तेस्रो संस्करणमा उनीहरु उत्कृष्ट अभिनेता र अभिनेत्रीको अवार्ड हात पारेका हुन् । 

फिल्मीखबर, काठमाडौं, 2015-09-12, शनिवार

द एकेडेमी अफ मोशन पिक्चर आर्ट्स एण्ड साइन्सेस्द्वारा सन् २०१६ फेब्रुअरी २८ का दिन अमेरिकामा आयोजना हुने ८८औं एकेडेमी अवार्ड (अस्कर अवार्ड)मा प्रतिस्पर्धी गर्नका लागि नेपालबाट 'टलकजंग भर्सेस टुल्के' छानिएको छ ।

फिल्मीखबर, काठमाडौं, 2015-09-12, शनिवार

अभिनेता आर्यन सिग्देलले दुबईमा आफ्नो नयाँ फिल्मको घोषणा गरेका छन् । दुबईको फुजिरामा भएको तीज विशेष कार्यक्रममा सहभागिता जनाउँदै आर्यनले नयाँ फिल्म ‘मरिना’को घोषणा गरेका हुन् ।

फिल्मीखबर, काठमाडौं, 2015-09-12, शनिवार

शुक्रबार देखि रिलिज भएको फिल्म ‘लब सब’ले राम्रो सुरुवात गरेको निर्माता सुशील पोखरेलले बताएका छन् । उनले पहिलो दिनको कमाई सार्वजनिक गर्दै फिल्मले राम्रो व्यापार गरेको बताएका हुन् । पोखरेलका अनुसार फिल्मले पहिलो दिन चलेका स्टेशनबाट २२ लाख बराबर व्यापार गरेको जनाएका छन् ।

फिल्मीखबर, काठमाडौं, 2015-09-12, शनिवार

फिल्म ‘कालो पोथी’ले इटलीमा जारी भेनिस फिल्म फेस्टिभलमा उत्कृष्ट फिल्मको अवार्ड जितेको छ । इन्टरनेसनल क्रिटिक्स विक्स तर्फबाट फेस्टिभलमा प्रतिस्पर्धामा रहेको फिल्मले सोही विधा तर्फको पुरस्कार जितेको हो ।

फिल्मीखबर, काठमाडौं, 2015-09-11, शुक्रवार

भारतीयचर्चित रियालिटी शो डान्स इन्डिया डान्स (डीआईडी) मा नेपाल,नुवाकोट विदुर नगरपालिका, त्रिशुलीवजार ११ का २३ वर्षियनिर्मल तामाङ उत्कृष्ट दशमा पर्न सफलभएका छन् । पूर्व भारतीय सेनामाकार्यरत शेरवहादुर तामाङका कान्छा छोरा निर्मल वैसाखदेखि डीआईडी प्रतियोगितामा सषर्घ गरिरहेका छन् ।

Results : 15799 - 15804 of 24018