Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 15781 - 15786 of 23745
फिल्मीखबर, काठमाडौँ, 2015-07-09, बिहिवार

हिन्दी फिल्म ‘ज्याकपट’को एउटा गीतमा अभिनय गरेर भिडियोमा देखिएकी पूर्व मिस नेपाल सृष्टि श्रेष्ठ फेरि एकपटक हिन्दी गायक तथा संगीतकारको गीतमा देखिने भएकी छिन् । सृष्टि गायक तथा संगीतकार सलिम मर्चेन्टको आवाजमा रेकर्ड भएको नेपाली गीतमा अभिनेता रेश मरहठ्ठासँगै म्युजिक भिडियोमा देखिन लागेका हुन् ।

फिल्मीखबर, काठमाडौं, 2015-07-09, बिहिवार

अभिनेता तथा निर्देशक नीर शाहलाई टेलिभिजन कलाकर्मी मञ्चले लाइफ टाइम अचिभमेन्ट प्रदान गर्ने भएको छ । मञ्चले बिहीबार पत्रकार सम्मेनल गर्दै शाहलाई प्रदान गर्ने घोषणा गरेको हो ।  नगद १ लाख १ हजार सहितको  सम्मान मञ्चले आइतबार प्रज्ञाप्रतिष्ठानको हलमा एक कार्यक्रमको आयोजना गर्दै प्रदान गर्नेछ ।

फिल्मीखबर, काठमाडौं, 2015-07-09, बिहिवार

भदौ २५ लाई प्रदर्शन मिति तोकेको फिल्म ‘लभसभ’ले आफ्नो प्रोमो सार्वजनिक गरेको छ । त्रिकोणात्मक प्रेम सम्बन्धमा बनेको फिल्ममा पनि सोही अनुसारका दृश्यको प्राथमिकता छ । फिल्ममा संयम पुरी र सलोन बस्नेतले करिष्मा श्रेष्ठलाई मन पराएका छन् ।

 

एजेन्सी, मुम्बई, 2015-07-09, बिहिवार

बलिउडमा अभिनय र राम्रा फिल्म खेल्ने अभिनेताको रुपमा चिनिन्छन् आमिर खान । आमिर खानले सन् २००१ मा  आफ्नै प्रोडक्शन कम्पनी पनि खोलेका थिए । जसबाट निर्माण भएको तारे जमिन पर सर्वाधिक चर्चामा थियो ।

फिल्मीखबर, काठमाडौं, 2015-07-09, बिहिवार

एकपछि अर्का कलाकार अमेरिका जाने क्रम बढेको छ । अमेरिकाले अहिले सहज रुपमा भिसा दिएपछि कलाकारहरु एकपछि अर्को अमेरिका गइरहेका छन् । अमेरिका गएका धेरै नेपाली कलाकार फर्किएको उदाहरण छैन । अभिनेत्री अरुणिमा लम्साल केही समय अगाडि ग्रिनकार्ड पाएरै अमेरिका हानिइन् ।

फिल्मीखबर, काठमाडौं, 2015-07-09, बिहिवार

बलिउड कलाकारका फ्यान अचम्मका छन् । झन्, बलिउडका ३ खानका फ्यानहरुले त उनीहरुका लागि जे पनि गर्छन् । एक फ्यानले साहरुखका लागि यस्तै आफ्नो पागलपन देखाएका छन् ।

Results : 15781 - 15786 of 23745
Most Visited News (monthly)