Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

भिडियोमा हेर्नुस् पूजा र प्रदीपको प्रेम

फिल्मीखबर, काठमाडौं, 2015/11/27
फिल्म ‘प्रेमगीत’को ‘म यस्तो गीत गाउँछु’ बोलको रोमान्टिक गीत सार्वजनिक भएको छ । राजधानीमा एक कार्यक्रम गर्दै निर्माण पक्षले फिल्मको प्रेमिल गीत सार्वजनिक गरेको हो ।
 
सार्वजनिक गीतमा शब्द र संगीत अर्जुन पोखरेलको छ भने सुगम पोखरेल र अञ्जु पन्तले गीतमा स्वर भरेका छन् । रेनशा राईले कोरियोग्राफी गरेकी हुन् । 
 
प्रेम दिवसको छेको पारेर माघ २९ गते रिलिज हुने फिल्मको यस गीतमा मुख्य पात्र पूजा शर्मा र प्रदीप खड्काले अभिनय गरेका छन् । फिल्मलाई सुदर्शन थापाले निर्देशन गरेका हुन् भने सन्तोष सेनले निर्माण हुन् ।
 
राजधानीमा आयोजित प्रेसमिटमा निर्माण कम्पनीले यो गीतको कभर गीत गाएर अपलोड गर्नेहरु मध्ये उत्कृष्ट एकलाई एक लाख रुपैया पुरस्कार प्रदान गरिने जानकारी दियो ।
 

Most Visited News (monthly)