विश्वब्यापी रुपमा व्यापक फ्यान फलोईङ भएकी पूर्व पोर्न स्टार तथा वलिउड अभिनेत्री सन्नि लियोनले नेपाल आएकी छिन् । पति डेनियलसँगै सन्नी शनिबार साँझ नेपाल आएकी हुन् ।
सन्निको यो दोश्रो नेपाल भ्रमण हो । यद्धपी उनी किन र के कार्यक्रमको लागी नेपाल आईन भन्ने पुरा विवरण खुलेको छैन । यसअघी हिजो शुक्रबार हुने भनिएको एक फेशन ईभेन्टको लागी सन्नी नेपाल आउने भनिएपनि उक्त कार्यक्रमको एकदिन पछि मात्रै सन्नि नेपाल आएकी हुन् ।
सोही संस्थाको लागि सन्नि नेपाल आएको हुनसक्ने बताईएको छ । यो बारेमा कसैले पनि मिडियामा मुख खोलेका छैनन् । सन्निले शनिबार बिहानै नेपाल आउँदै गरेको कुरा आफ्नो आधिकारिक टुईटर हेण्डलबाट सार्वजनिक गरेकी थिईन् ।
सन्निको यो टुईटसँगै सयौं नेपाली फ्यानहरुले नेपालमा स्वागत छ लेखेका थिए । त्यसो त सन्निले नेपाल आफ्नो लागि विश्वकै मनपर्ने ठाउँ मध्येको एक नेपाल जाँदै गर्दा उत्साहित भएको समेत टुईटमा उल्लेख गरेकी थिईन् ।

