Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 15787 - 15792 of 24018
फिल्मीखबर, काठमाडौं, 2015-09-15, मंगलवार

गायक युवराज चौलागाइलाई यो हप्ता राम्रै चिठ्ठा परिरहेको छ । शनिबार एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट पाश्र्व गायकको अवार्ड पाएका युवराजले सोमबार आयोजना भएको म्यूजिक खबर म्यूजिक अवार्डमा पनि सर्वोत्कृष्ट पाश्र्व गायकको अवार्ड जिते । फिल्म ‘नोभेम्बर रेन’को ‘तिमीलाई म के भनुँ’ बोलको गीतबाट उनले अवार्ड पाएका थिए । उनले कार्यक्रममा यो गीत गाएका पनि थिए ।

फिल्मीखबर, काठमाडौं, 2015-09-15, मंगलवार

फिल्म 'पार्सल'को फस्ट लुक सार्वजनिक भएको छ । प्रदर्शन मिति तय नहुदै फिल्मको फस्ट लुक बाहिर ल्याइएको हो । विदेशबाट घर फर्कने लाहुरेको पार्सल साटिएपछि हुने विभिन्न गतिविधीलाई फिल्मले देखाएको छ । फिल्मलाई रविन श्रेष्ठले निर्देशन गरेका हुन् ।

फिल्मीखबर, काठमाडौं, 2015-09-15, मंगलवार

आइतबार नेपाल चलचित्र विकास वोर्डमा अध्यक्ष राजकुमार राईले निर्माता माधव वाग्लेमाथि हातपात गरे । पदिय मर्यादाको ख्याल नगरी अध्यक्षले आफूमाथी हात हालेको भन्दै वाग्लेले चलचित्र निर्माता संघको सदस्य पदबाट रजिनामा दिएका छन् ।

फिल्मीखबर, काठमाडौं, 2015-09-15, मंगलवार

बालाजुस्थित माछापोखरीबाट शुरु गरिएको 'वडा नम्बर ६'को स्ट्रिट कन्सर्टले निरन्तरता पाईरहेको छ । फिल्म प्रदर्शनको संघारमा निकै आक्रमक प्रचार गर्ने क्रममा 'वडा नम्बर ६' युनिटले आईतबार राजधानीका चक्रपथ, चावहिल र कोटेश्वरमा वृहत कार्यक्रम गर्‍यो । 

एजेन्सी, मुम्बई, 2015-09-14, सोमवार

सेलिब्रेटीको जिवन पनि अचम्मको छ । बिहे नगरुन्जेल कहिले गर्नुहुन्छ भन्ने प्रश्न, गरेपछि बच्चा कहिले जन्माउनु हुन्छ भन्ने प्रश्न । बलिउडका चर्चित जोडी सैफ अली खान र करिना कपुरलाई पनि अहिले यस्तै भएको छ ।

फिल्मीखबर, काठमाडौं, 2015-09-14, सोमवार

अभिनेता निखिल उप्रेती नेपाली फिल्म क्षेत्रमा द्धन्द्धकै कारण चर्चित छन् । फिल्म पिजडामा ७ तलाबाट हाम फालेपछि एकाएक चर्चित बनेका निखिलले यसपछि भने नेपाली फिल्म क्षेत्रमा द्धन्द्धको ट्रेन्ड नै भित्राएका थिए । उनै निखिल ५ बर्ष फिल्म क्षेत्रबाट हराएका थिए ।

Results : 15787 - 15792 of 24018