अभिनेता सलोन बस्नेत र अभिनेत्री रिस्ता बस्नेतले अभिनय गरेको फिल्म ‘आधा पेज’ पौष १० गतेदेखि नेपालभर प्रदर्शनमा आउँदैछ । यी दुइले यस अगाडि ‘होस्टेल’ र ‘एउटा साथी’मा एकसाथ काम पनि गरेका छन् । फिल्मको व्यापारलाई हेर्ने हो भने ‘होस्टेल’ सफल भयो भने ‘एउटा साथी’ औषत ।
फिल्म क्षेत्रमा एकसाथ प्रवेश गरेका सलोन र रिस्ताले ‘होस्टेल’ पछि सफल फिल्म दिन सकेका छैनन् । दुबै जनाका केही फिल्म प्रदर्शनमा आएपनि असफल भए ।सलोन बस्नेतले फिल्म क्षेत्रमा आफ्नो स्टारडम बनाउन सकेका छैनन् । प्लेब्वाई क्यारेक्टरमा फिट देखिएका सलोनले जुन खालको उचाई पाउनुपर्ने थियो, त्यो पाउन सकेनन् । निर्देशक शोभित बस्नेतका छोरा सलोनका लागि ‘आधा पेज’ प्रतिक्षामा छ ।
यस्तै, कलाकार विपना बस्नेतकी छोरी रिस्ताले पनि हिट फिल्म खोजिरहेकी छिन् । होस्टेल व्यानर र अन्य कलाकारका कारण हिट भएपछि रिस्ता यसपछि निरन्तर असफल छिन् । बक्स अफिस ब्यापार कमजोर भयो भने कलाकार पनि असफल हुन्छ ।रिस्ता र सलोन आधा पेजमा दर्शक तान्ने मुख्य हतियार हुन् । लगातार असफल फिल्म दिइरहेका सलोन र रिस्ताका लागि ‘आधा पेज’ चल्न जरुरी छ ।

