Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रणविर र दीपिकाको `तमाशा`को ओपनिङ दशौं उत्कृष्ट !

एजेन्सी, मुम्बई, 2015/11/28
पूर्व प्रेमी जोडी रणविर कपुर र दीपिका पादुकोण स्टारर 'तमाशा'ले पहिलो दिन सन्तोषजनक बिजनेश गरेको छ । यो लभस्टोरी फिल्मले १० करोड ८७ लाखको ओपनिङ गरेको छ । २०१५ मा रिलिज फिल्ममा यो दशौं उत्कृष्ट ओपनिङ हो ।
 
 
ईम्तियाज अली निर्देशित फिल्मको ओपनिङ कलेक्शनको आशा केहि बढि गरिएपनि १० करोड बढिको कलेक्शनलाई राम्रो संकेतको रुपमा लिईएको छ । तर, रिभ्युमा भने ५ स्टारमा 'तमाशा'ले जम्मा २ दशमलव ५ स्टार पाएको छ । 
 
व्यापक प्रचारका बिच रिलिज फिल्मले १ सय करोडको बिजनेश गर्ने अनुमान भने बलिउड पण्डितहरुले यसअघी नै गरिसकेका छन् । रणविर र दीपिकाको लागी पनि यो कलेक्श बर्षकै उत्कृष्ट हो । 
 
२०१५ मा रिलिज भएको रणविरको 'रोय'ले १० करोड ४ लाखको बिजनेश गरेको थियो भने 'बम्बे भेलभेट'ले जम्मा ५ करोड २ लाखमा चित्त बुझाएको थियो । त्यस्तै दीपिकाको 'पिकु'ले ५ करोड ३ लाखको बिजनेश गरेको थियो । 
 
नेपालमा पनि यो फिल्मले बिजनेश राम्रो गरेको छ । यद्धपी नेपाली फिल्म 'कबड्डी कबड्डी’ले 'तमाशा'को बिजनेशलाई उछिनेको छ । 
Most Visited News (monthly)