यो बर्ष ३ सांगीतिक फिल्म प्रदर्शनमा आउँदैछन् । जसका गीत संगीतलाई लिएर खुबै चर्चा सुरु भईसकेको छ । जसमध्ये फिल्म प्रेमगीत र नाई नभन्नु ल ४ का गीतहरु क्रमश सार्वजनिक भैरहेका छन् भने क्लासिक फिल्मको गीत केही दिनमै सार्वजनिक हुदैछ ।
३ फिल्ममा फरक फरक संगीतकारले संगीत दिएका छन् । फिल्म प्रेमगीतमा अर्जुन पोख्रेलको संगीत छ । यस्तै, फिल्म क्लासिकमा ताराप्रकाश लिम्बुको संगीत छ भने नाई नभन्नु ल ४ मा बसन्त सापकोटाले संगीत भरेका छन् ।३ फिल्म मध्ये प्रेमगीत र नाई नभन्नु ल ४ का गीत चर्चामा आइसकेका छन् । सांगीतिक लभ स्टोरी फिल्ममा संगीतको उच्च महत्व हुन्छ । अहिले नेपाली फिल्म बजारमा यी ३ संगीतकारकै हालिमुहाली छ । अर्जुन, बसन्त र ताराप्रकाश नेपाली फिल्मका लागि सवैभन्दा धेरै संगीत भरिरहेका छन् । यसैले पनि ३ संगीतकारको महत्वकांक्षी संगीत रहेका ३ फिल्मले उनीहरुको टकराव बढाइदिएको छ ।
अर्जुन पोख्रेल प्रेमगीत नामक फिल्मको सबै गीतले अहिले सबैभन्दा चर्चामा छन् । उनको संगीतलाई लिएर फिल्म नगरीमा मात्र होइन दर्शकले पनि प्रशंसा गरिरहेका छन् । बसन्तले पनि नाई नभन्नुका गीतलाई उच्च कोटीको बनाएका छन् । फिल्म नोभेम्बर रेनपछि सोही ब्यानरले बनाएको फिल्म क्लासिकमा ताराप्रकाशले संगीत भरेका छन् । क्लासिकका निर्माता सुवास गिरी नोभेम्बर रेन भन्दा यो फिल्मका गीत अझ माथि रहेको बताउछन् ।३ फिल्म त यो बर्षका प्रतिक्षामा छन् भने तिनका संगीतले संगीतकार विचको टकराव पनि स्पष्ट देखिएको छ ।

