मिति : २०८१ वैशाख २६, बुधवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 1 - 6 of 21219
फिल्मीखबर, काठमाडौं, २०८१ वैशाख २६, बुधवार

पहिलो फिल्म हरेक कलाकारका लागि विशेष हुन्छ । त्यसले करिअरमा अर्थ राख्ने भएकाले फिल्म रिलिजको संघारमा हुँदा प्रायःको धड्कन तेज हुन्छ । एकातिर व्यावसायिक दबाब हुन्छ भने अर्कोतिर कामको मूल्यांकन कसरी हुन्छ भन्ने चिन्ता रहन्छ । फिल्म ‘खजुरे ब्रो’बाट डेब्यु गरेकी नीति शाह पनि यतिबेला यही मनोविज्ञानमा छिन् । मंगलबार साँझ काठमाडौंमा भएको प्रिमियरमा उनी ‘नर्भस’ र खुसी दुवै भावमा देखिइन् ।

फिल्मीखबर, काठमाडौं, २०८१ वैशाख २६, बुधवार

नयाँ छिमलका सुपरस्टार हुन्, अनमोल केसी र प्रदीप खड्का । लगभग एकै समयमा नेपाली फिल्ममा दुवैको उदय भएको थियो । उनीहरुलाई रुचाउने दर्शक समूह पनि एउटै छ । र, दुवै रोमान्टिक भूमिकामा बढी रुचाइन्छन् । यसैले पनि उनीहरुलाई एकअर्काका प्रतिस्पर्धी भन्ने गरिएको छ । त्यो प्रतिस्पर्धा बेला बखतमा उनीहरुको अभिव्यक्तिमा पनि झल्किन्छ । मौका पाउनुपर्छ, दुवैले एकअर्कालाई ठुँग हानिरहेका हुन्छन् ।

फिल्मीखबर, काठमाडौं, २०८१ वैशाख २६, बुधवार

यही शुक्रबार (बैशाख २८)बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘खजुरे ब्रो’बाट पूर्व मिस इन्टरनेशनल नेपाल नीति शाहले डेब्यु गरेकी छन् । उनकै नामका कारण फिल्मको पनि चर्चा भइरहेको छ । फिल्ममा डेब्यु अगाडि नै ‘लाइमलाइट’मा रहेकी नीतिको अभिनयलाई लिएर धेरैमा चासो देखिन्छ । मंगलबार साँझ काठमाडौंको सिभिल मलस्थित क्यूएफएक्स हलमा भएको फिल्मको प्रिमियरमा उनको अभिनयको परीक्षण भयो ।

फिल्मीखबर, काठमाडौं, २०८१ वैशाख २६, बुधवार

अभिनेता सलोन बस्नेत र उनकी श्रीमती करिश्मा केसी अभिभावक बनेका छन् । बुधबार मातातीर्थ औंसीको दिन उनीहरुलाई पुत्रीलाभ भएको हो । ललितपुर भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा करिश्माले बिहान साढे ८ बजे पहिलो सन्तानको रुपमा छोरीलाई जन्म दिएकी हुन् । उनलाई प्रसव पीडा भएपछि मंगलबार राति अस्पताल भर्ना गरिएको थियो ।

फिल्मीखबर, काठमाडौं, २०८१ वैशाख २५, मंगलवार

‘प्रकाश’बाट राष्ट्रिय अवार्ड विजेता दिनेश राउतको निर्देशनमा तयार भएको फिल्म ‘पूजार सार्की’को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक करिब साढे ४ मिनेट लामो ट्रेलरले कथावस्तुबारे महत्त्वपूर्ण जानकारी गराउँछ । अन्तरजातीय प्रेमले निम्त्याएको घटना र परिघटनालाई देखाउन खोजिएको छ ।

फिल्मीखबर, काठमाडौं, २०८१ वैशाख २५, मंगलवार

कुनै बेला बलिउड फिल्ममा अभिनेत्री मनीषा कोइरालाको राम्रो दबदबा थियो । सन् १९९१ मा आएको फिल्म ‘सौदागर’बाट अभिनय करिअर सुरु गरेकी उनले त्यसपछि दर्जनौं फिल्ममा काम गरिन् । उनले अघिल्लो पुस्ताका स्वर्गीय अभिनेता ऋषि कपूरदेखि अहिलेका सुपरस्टार रणवीर कपूरसम्म काम गरेकी छन् । तर, जीवनको एउटामा विन्दूमा आएको उतार-चढावले उनको करिअरमा पनि प्रत्यक्ष असर पार्‍यो ।

Results : 1 - 6 of 21219