मिति : २०८१ ज्येष्ठ ६, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

सलोन र करिश्मालाई पुत्रीलाभ

फिल्मीखबर, काठमाडौं, 2024/05/08

May be an image of 5 people and people smiling

 

अभिनेता सलोन बस्नेत र उनकी श्रीमती करिश्मा केसी अभिभावक बनेका छन् । बुधबार मातातीर्थ औंसीको दिन उनीहरुलाई पुत्रीलाभ भएको हो । ललितपुर भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा करिश्माले बिहान साढे ८ बजे पहिलो सन्तानको रुपमा छोरीलाई जन्म दिएकी हुन् । उनलाई प्रसव पीडा भएपछि मंगलबार राति अस्पताल भर्ना गरिएको थियो ।

सलोनका पिता तथा फिल्म निर्देशक शोभित बस्नेतले आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो रहेको जानकारी दिए । सलोन र करिश्माले गत वर्ष विवाहको पहिलो वर्षगाँठको अवसरमा आफूहरु अभिभावक बन्न लागेको जानकारी गराएका थिए । त्यसबेला उनीहरुले छोरी भए ‘सलोमा’ नाम राख्ने समेत जनाएका थिए । सलोन र करिश्मालाई ‘सलोमा’ जोडी भन्ने गरिन्छ ।

२०७९ सालको मंसिर १२ गते उनीहरुले करिब तीन वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका थिए । उनीहरुले केही म्यूजिक भिडियोमा एकसाथ काम पनि गरेका छन् । करिश्मा पेशाले भने एयर होस्टेस हुन् । सलोन चाँडै आफ्नो लगानीमा फिल्म ‘यूनिभर्सिटी अफ गुण्डाज्’ निर्माणको तयारीमा छन् । यसमा उनी स्वयंको अभिनय रहनेछ ।