मिति : २०८१ ज्येष्ठ ७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

‘खजुरे ब्रो’ प्रिमियरमा नीतिको मादकता (तस्वीरसहित)

फिल्मीखबर, काठमाडौं, 2024/05/08

niti shah

 

पहिलो फिल्म हरेक कलाकारका लागि विशेष हुन्छ । त्यसले करिअरमा अर्थ राख्ने भएकाले फिल्म रिलिजको संघारमा हुँदा प्रायःको धड्कन तेज हुन्छ । एकातिर व्यावसायिक दबाब हुन्छ भने अर्कोतिर कामको मूल्यांकन कसरी हुन्छ भन्ने चिन्ता रहन्छ । फिल्म ‘खजुरे ब्रो’बाट डेब्यु गरेकी नीति शाह पनि यतिबेला यही मनोविज्ञानमा छिन् । मंगलबार साँझ काठमाडौंमा भएको प्रिमियरमा उनी ‘नर्भस’ र खुसी दुवै भावमा देखिइन् ।

 

niti shah


फिल्ममा डेब्यु अगाडि नै नीतिको ठूलो नाम थियो । यसैले प्रिमियरमा उनी आकर्षणको केन्द्रविन्दू बनिन् । उनलाई साथ दिन चिरपरिचित अनुहारको प्रिमियरमा मेला लागेको थियो । अभिनेत्रीदेखि पूर्वमिस नेपालसम्म पुगेका थिए । नीतिले आफ्नो माता-पिता र प्रेमी याञ्चित राणाको साथमा प्रिमियरमा उपस्थिति जनाएकी थिइन् । उनले प्रेमीसँग मिडियालाई तस्वीर पनि खिचाइन् ।

 

niti shah


नीति आकाशे रंगको साडीमा आकर्षक बनेर पुगेकी थिइन् । साडीमा उनको सौन्दर्य र मादकता झल्किएको छ । यद्यपि, उनी साडीमा असहजझैँ देखिन्थिन् । प्रिमियर हुनुअघि उनको अनुहारमा खुसीको भाव देखिन्थ्यो । अतिथिहरुलाई हाँसोसहित स्वागत गरिरहेकी थिइन् । फिल्म हेरेपछि भने उनी उत्ति प्रफुल्लित देखिइनन् । आफ्ना परिवार र साथीबाहेक अरुले अभिनयको खासै तारिफ गरेनन् । यसैले पनि उनको अनुहारमा मुस्कुराहट कम, बेचैनी बढी देखिन्थ्यो ।

 

niti shah


‘खजुरे ब्रो’मा गरेको अभिनयबाट उनी आफैं पनि उत्तिसाह्रो सन्तुष्ट देखिइनन् । यद्यपि, आफूले फिल्ममा १ सय १० प्रतिशत दिने प्रयास गरेको प्रतिक्रिया दिइन् । उनले आगामी फिल्ममा अभिनय निखार्ने वाचा पनि गरिन् । ‘खजुरे ब्रो’मा उनले काठमाडौंबाट पिताको घर धरान गएकी युवतीको भूमिका निभाएकी छन् ।

 

niti shah


सम्झौताको हिसाबले ‘खजुरे ब्रो’ नीतिको पाँचौं फिल्म हो । यसअघिका चारवटा फिल्म निर्माण हुन सकेनन् । अब उनी जेठ पहिलो साताबाट फिल्म ‘ज्वाइँ साब’मा काम गर्ने तयारीमा छिन् । यसपछि उनले फिल्म ‘रुखान’ गर्नेछिन् । फिल्म ‘बलिदान’मा पनि उनले काम गर्ने चर्चा छ भने निर्देशक दीवाकर भट्टराईको नयाँ लभस्टोरी फिल्ममा पनि उनी निश्चित भइसकेकी छन् । यसरी हेर्दा नीतिको हातमा फिल्मको अभाव देखिँदैन ।

तस्वीर : ट्रिडेन्ट कन्सेप्ट