
महाशिवरात्रिको छेको पारेर फागुन १ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘श्री बुकुरो : द होम कलिङ’को पहिलो झलक सार्वजनिक गरिएको छ । बुधबार काठमाडौंमा एक कार्यक्रमका बीच निर्माण पक्षले दिवंगत चलचित्र पत्रकार दिनेश सिटौलाप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनको मनपर्ने फिल्मको दृश्य सार्वजनिक गरेको हो । दिनेश यस फिल्मका मिडिया संयोजक थिए ।

हिन्दी फिल्म ‘सैयारा’ले विश्व बक्स अफिसमा उधुम मच्चाइरहँदा नेपालमा फिल्म ‘कुमारी’को घोषणा भएको थियो । जब फिल्मको घोषणा पोस्टर सार्वजनिक भयो, त्यसपछि धेरैले ‘सैयारा’सँग दाँजे । कारण, दुवैमा नयाँ अनुहार थिए । र, पोस्टर ‘सैयारा’ जस्तै रोमान्टिक थिममा थियो । गीतदेखि ट्रेलरसम्म रिलिज भइसक्दा समेत फिल्मलाई ‘सैयारा’सँग दाँज्ने क्रम रोकिएको छैन ।

यस्तो लाग्दैछ, अहिले नेपाली कलाकारहरूबीच विद्युतीय गाडी खरिद गर्ने प्रतिस्पर्धा नै चलेको छ । दिनहुँजसो कुनै न कुनै कलाकारले ईभी गाडी खरिद गरिरहेका छन् । किफायती र वातावरण संरक्षण हुने भएकाले पनि ईभीप्रति कलाकारहरूको आकर्षण बढेको देखिन्छ । गएको एक वर्षमा एक दर्जनभन्दा बढी कलाकारले ईभी कार खरिद गरिसकेका छन् ।

यही शुक्रबारदेखि प्रदर्शन हुन लागेको फिल्म ‘कुमारी’बाट मुख्य अभिनेताको रूपमा डेब्यु गरेका अभिषेक खड्का निर्माताको रोजाइमा पर्न थालेका छन् । यो फिल्मको गीत र ट्रेलर रिलिजपछि उनलाई निरन्तर फिल्मबाट अफर आइरहेको छ । यस्तैमा मंगलबार उनी ‘श्रीनिवास’ नामक फिल्ममा अनुबन्धित भएका छन् । यसमा उनी कलाकार हरिवंश आचार्यसँग देखिनेछन् ।

कीर्तिमानी बलिउड फिल्म ‘धुरन्धर’को अब दोस्रो श्रृंखला १९ मार्चमा रिलिज हुँदैछ । हिन्दीसहित तेलुगु, तमिल, कन्नड र मलयालम भाषामा एकसाथ रिलिज हुन लागेको ‘धुरन्धर : द रिभेन्ज’को मंगलबार टिजर सार्वजनिक गरिएको छ । एक्सनप्रधान देखिएको टिजरले पाकिस्तानसँगको बदलाको कथालाई नै सिक्वेलमा निरन्तरता दिइएको स्पष्ट संकेत गर्छ ।

यही शुक्रबारबाट प्रदर्शन हुन लागेको फिल्म ‘कुमारी’को साउन्ड मिक्सिङ इमर्सिभ फर्म्याटमा गरिएको छ । मंगलबार फिल्मका निर्देशक दिनेश राउतले हलका प्राविधिकलाई पत्राचार गर्दै यसबारे जानकारी गराएका हुन् । डल्बी एट्मस, डीटीएसःएक्स र औरोम्यास प्रविधि जडान भएका हलमा फिल्म हेर्दा दर्शकले सिनेम्याटिक अनुभव गर्ने पत्रमा उल्लेख छ ।

