Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 553 - 558 of 23507
फिल्मीखबर, काठमाडौं, २०८२ भाद्र १०, मंगलवार

नेपाली फिल्म क्षेत्रमा ‘नेपोटिज्म’को बहस बेला बखतमा उग्र हुने गरेको छ । जब जब यो बहस सुरू हुन्छ, तब त्योसँगै जोडिएर एउटा नाम अनिवार्य रूपमा आउँछ, अनमोल केसीको । अभिनेता भुवन केसीको छोरा भएकै कारण उनले ‘नेपोटिज्म’को आरोप सहनुपरेको छ । यद्यपि, यो विषयमा उनी मौन रहँदै आएका छन् । भुवनले भने ‘नेपोटिज्म’बारे आफ्नो धारणा राखिरहेका हुन्छन् ।

फिल्मीखबर, काठमाडौं, २०८२ भाद्र ९, सोमवार

तिहारको छेको पारेर असोज ३१ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘जेरी अन टप’को टिजर सार्वजनिक गरिएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रमको आयोजनापछि युट्युबमार्फत सार्वजनिक गरिएको झन्डै २ मिनेट लामो टिजरले फिल्म त्रिकोणात्मक प्रेमकथामा आधारित रहेको खुलासा गर्छ । तीन पात्रबीचको मित्रता, प्रेम, समर्पण, पीडा र जोशको कथा यसमा देखाइएको छ ।

एजेन्सी, काठमाडौं, २०८२ भाद्र ९, सोमवार

भारतको कन्नड इन्डस्ट्रीबाट एउटा दुखद खबर आएको छ । दिग्गज कन्नड अभिनेता तथा कला निर्देशक दिनेश मंगलुरुको निधन भएको छ । इन्डिया टाइम्सका अनुसार उनले सोमबार दिउँसो ३ः३० बजे उडुपी जिल्लाको कुन्दापुरास्थित आफ्नो निवासमा ५५ वर्षको उमेरमा अन्तिम सास लिएका हुन् । उनी एक वर्षदेखि अस्वस्थ थिए ।

फिल्मीखबर, काठमाडौं, २०८२ भाद्र ९, सोमवार

सुरुमै भनिहालौं, फिल्मको व्यावसायिक भविष्य त्यसका प्रचार सामग्रीले युट्युबमा प्राप्त गर्ने भ्यूजले निर्धारण गर्दैन । दर्शकले फिल्म हेरिसकेपछि दिने प्रतिक्रियाको आधारमा मात्र बक्स अफिसमा फिल्मको भाग्य लेखिने हो । यसैले युट्युब भ्यूज महत्त्वपूर्ण होइन । तथापि, फिल्मप्रति दर्शकको चासो कस्तो छ भनेर केही हदसम्म बुझ्न सकिने एउटा आधार चाहिँ युट्युबको भ्यूज पनि हो ।

फिल्मीखबर, काठमाडौं, २०८२ भाद्र ९, सोमवार

अघिल्लो वर्ष प्रदर्शनमा आएको फिल्म ‘बेहुली फ्रम मेघौली’का निर्देशकद्वय सजन काफ्ले र आकाश बरालले दोस्रो निर्देशकीय फिल्मको रुपमा ‘जिरो डिग्री’ बनाउने भएका छन् । सोमबार मिनिमल पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माणको घोषणा गरिएको हो । यो फिल्मको मुख्य भूमिकामा अभिनेता विजय बराल रहनेछन् ।

फिल्मीखबर, काठमाडौं, २०८२ भाद्र ८, आईतवार

‘कबड्डी’ जोडी दयाहाङ राई र रिश्मा गुरुङको मुख्य भूमिका रहेको फिल्म ‘रिमै’को ट्रेलर सार्वजनिक गरिएको छ । भदौ २० गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मको साढे तीन मिनेट लामो ट्रेलरले कथावस्तु र केन्द्रीय द्वन्द्वबारे प्रकाश पारेको छ । गुरुङ समुदायको विवाह संस्कारलाई मुख्य विषयवस्तु बनाएर फिल्मले त्रिकोणात्मक प्रेमकथा प्रस्तुत गरेको ट्रेलरबाट बुझ्न सकिन्छ । 

Results : 553 - 558 of 23507