Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मुस्ताङ पुगेर शिल्पाले कसिन् लगनगाँठो

फिल्मीखबर, काठमाडौं, 2026/05/08

shilpa maskey

 

अभिनेत्री शिल्पा मास्के विवाह बन्धनमा बाँधिएकी छन् । उनले बिहीबार प्रेमी तथा ट्याटु आर्टिस्ट फ्लावर केसीसँग लगनगाँठो कसेकी हुन् । उनीहरूको विवाह हिमालपारिको जिल्ला भनेर चिनिने मुस्ताङमा भएको हो । कोबाङ गाउँमा अवस्थित लज थासाङ भिलेजमा भएको विवाह समारोहमा दुई पक्षका सीमित पारिवारिक सदस्यहरूको मात्र उपस्थिति रहेको थियो । 

शिल्पाले विवाहका केही तस्वीरहरू फेसबुक र इन्स्टाग्राममा सेअर गर्दै प्रकृतिको बीचमा विवाह गर्ने आफूहरूको सपना पूरा भएको उल्लेख गरेकी छन् । विवाहका हरेक क्षण सपनाजस्तै रहेको बताउँदै उनले भनेकी छन्, ‘एक समय कल्पनामा मात्र रहेको सपना आज हाम्रो जीवनको सबैभन्दा सुन्दर सम्झनामध्ये एक बनेको छ ।’

शिल्पाको कामको कुरा गर्दा उनी पछिल्लो पटक आफैँले निर्माण गरेको फिल्म ‘देवी’मा देखिएकी थिइन्, जुन २०८१ सालमा रिलिज भएको थियो । तर, यो फिल्म व्यावसायिक रूपमा सफल हुन सकेन । त्यसो त उनले आफ्नो ७ वर्ष लामो अभिनय करिअरमा एउटा पनि हिट फिल्म पाएकी छैनन् । यसैले पछिल्लो समय उनी गुमनामजस्तै देखिएकी छन् । 

उनले सन् २०१९ मा प्रदर्शन भएको फिल्म ‘द ब्रेकअप’बाट अभिनेत्रीको रूपमा डेब्यू गरेकी थिइन् । यसपछि उनले अभिनय गरेका ‘कागजपत्र’, ‘सानो मन’, ‘कठपुतली’, ‘लाइफ इन एलए’, ‘परस्त्री’, ‘फूलबारी’ जस्ता फिल्म प्रदर्शनमा आइसकेका छन् । केही म्यूजिक भिडियोमा पनि काम गरिसकेकी उनी चाँडै नयाँ फिल्म ‘जलाकी’मा देखिँदैछिन् ।

 

Most Visited News (monthly)