
बलिउड तथा हलिउड अभिनेत्री प्रियंका चोपडाले कलाकार सुनिल थापाको निधनप्रति दुःख व्यक्त गरेकी छन् । सन् २०१४ मा रिलिज भएको बायोपिक फिल्म ‘मेरी कोम’मा सुनिलसँग एकसाथ गरेकी उनले शनिबार साँझ सामाजिक सञ्जालमा फिल्मको एक दृश्य सेअर गर्दै आफूलाई मुस्किल समयमा सहयोग गरेकोमा थापालाई धन्यवाद दिएकी छन् ।

आगामी फागुन १ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘श्री बुकुरोः द होम कलिङ’को पहिलो गीत ‘ए साइँला दाई’ सार्वजनिक गरिएको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच निर्माण पक्षले लोकलयमा आधारित उक्त गीत सार्वजनिक गरेको हो । झ्याउरे भाकाको प्रसंगदेखि प्रेममा रहेका जोडीले एकअर्काको तारिफ गरेको गीतमा सुन्न सकिन्छ ।

‘राते काइँला’को रूपमा परिचित कलाकार सुनिल थापाको निधनले नेपाली फिल्म क्षेत्र शोकमा डुबेको छ । शनिबार बिहान कार्डियाक अरेस्टका कारण निधन भएका उनलाई फिल्मकर्मीहरूले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली अर्पण गरिरहेका छन् । उनका समकालीन मानिने राजेश हमालदेखि विजय लामासम्मले उनलाई मर्मस्पर्शी रूपमा सम्झिएका छन् ।

‘राते काइँला’को रूपमा परिचित कलाकार सुनिल थापाको निधन भएको छ । ६८ वर्षका उनको कार्डियाक अरेस्ट (मुटुको चाल बन्द हुनु)का कारण शनिबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो । शंखमुलस्थित अपार्टमेन्टमा बस्दै आएका उनी अचानक अस्वस्थ भएपछि अस्पताल पुर्याइएको थियो । र, उपचारकै क्रममा उनको निधन भएको हो ।

आगामी फागुन १ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘बिगुल’लाई नेपाल जेसीजले साथ दिने भएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा फिल्मका निर्माता दिनेश कोइराला र नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष जीवन कार्कीले प्रदर्शनसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे । अब जेसीजले देशभरका शाखालाई फिल्म हेर्न आह्वान गर्ने जनाइएको छ ।

अघिल्लो साता प्रदर्शनमा आएको फिल्म ‘आ बाट आमा’ हिट भएको निर्माताले दाबी गरेका छन् । शुक्रबार फिल्मको एक साताको कमाइ सार्वजनिक गर्दै निर्माण पक्षले फिल्मलाई हिट घोषणा गरेको हो । फिल्मका निर्माता तथा निर्देशक चन्द्र पन्तले फेसबुकमा सेअर गरेको एक पोस्टरमा फिल्मको एक साताको कमाइ ३ करोड १८ लाख रुपैयाँ ग्रस उल्लेख छ ।

