Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘पाँच पाण्डव’को दोस्रो ट्रेलर : कलियुगमा महाभारत सुरु गर्दै युधिष्ठिर

फिल्मीखबर, काठमाडौं, 2026/11/03

Hari Bansha Acharya

 

काठमाडौं । यही शुक्रबार (२० कात्तिक)बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘पाँच पाण्डव’को दोस्रो ट्रेलर सार्वजनिक गरिएको छ । फिल्मलाई लिएर सामाजिक सञ्जालमा विरोध भइरहेका बेला निर्माण पक्षले मंगलबार काठमाडौंमा एक कार्यक्रमका बीच ट्रेलर सार्वजनिक गरेको हो । तीन मिनेटभन्दा लामो ट्रेलरले फिल्मको कथावस्तु प्रस्ट पारेको छ । 

ट्रेलरको केन्द्रमा अभिनेता हरिवंश आचार्य छन् । युधिष्ठिर (पाँच पाण्डवमध्ये जेठा)को भूमिकामा देखिएका उनी आफ्ना चार भाइको खोजीमा स्वर्गबाट पृथ्वीलोक आएको प्रसंगलाई ट्रेलरमा रोचक ढंगले प्रस्तुत गरिएको छ । चार भाइसँग मिलेर युधिष्ठिरले कलियुगमा अन्याय र अत्याचारविरुद्ध महाभारत सुरु गर्ने ट्रेलरले संकेत गर्छ । समग्रमा ट्रेलर हास्यप्रधान बनेको छ ।

वसन्त निरौलाको निर्देशन रहेको फिल्ममा हरिवंशसहित आर्यन सिग्देल, जितु नेपाल, महेश त्रिपाठी, सुशील सिटौला, दीपाश्री निरौला, विनोद न्यौपाने, इभा गिरी, सरिता गिरी, रमा थपलिया, प्रशान्त ताम्राकार, सीता न्यौपानेलगायतका कलाकारको पनि अभिनय छ । फिल्मलाई काली रानी श्रेष्ठले निर्माण गरेकी हुन् । नवीन श्रेष्ठ प्रस्तुतकर्ताका रूपमा छन् । 

पत्रकार सुशील पौडेलको लेखन रहेको फिल्ममा श्याम तामाङको छायांकन, सुप्रिम पराजुलीको सम्पादन तथा रंग संयोजन, अर्जुन पोखरेलको संगीत, उत्तम न्यौपानेको साउन्ड डिजाइन, सुजिल कर्माचार्यको पार्श्व संगीत, पुकार धिमालको भिएफएक्स, सम्राट बस्नेतको द्वन्द्व निर्देशन तथा गम्भीर विष्ट र विक्रम स्वाँरको कोरियोग्राफी छ । फिल्मको वितरण आरआर फिल्म्सले गर्नेछ ।