Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 589 - 594 of 23507
फिल्मीखबर, काठमाडौं, २०८२ श्रावण ३०, शुक्रवार

गत वर्ष व्यावसायिक रुपमा सफल भएको फिल्म ‘होस्टेल ३’ अब भारतमा प्रदर्शन हुने भएको छ । सशान कँडेलको निर्देशनमा बनेको यो फिल्म आगामी ५ सेप्टेम्बर अर्थात् भदौ २० गतेदेखि भारतका सिक्किम, दार्जिलिङ, सिलगुडी, सिन्ताम, गुवाहाटी, आसाम, मणिपुर सहरका ५० बढी हलमा एकैसाथ प्रदर्शन हुन लागेको हो । 

फिल्मीखबर, काठमाडौं, २०८२ श्रावण ३०, शुक्रवार

कहिले छविराज ओझा त कहिले दीपकराज गिरी समूहको पेवाजस्तै बनेको दशैं विदा अब अभिनेता विराज भट्टले पनि नछाड्ने भएका छन् । गत दशैंमा आफू निर्देशित तथा अभिनीत फिल्म ‘१२ गाउँ’ले बक्स अफिसमा ठूलो सफलता पाएपछि हौसिएका उनले अर्को वर्षको दशैंमा पनि फिल्म ल्याउने घोषणा गरेका छन् । उनका अनुसार अर्को दशैंमा ‘१२ गाउँ २’ प्रदर्शनमा आउनेछ ।

फिल्मीखबर, काठमाडौं, २०८२ श्रावण ३०, शुक्रवार

आगामी भदौ ६ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘माग्ने राजा’ यतिबेला कुनै कारणले चर्चामा छ भने त्यो अभिनेता केदार घिमिरे (माग्ने बुढा)को पारिश्रमिकले नै हो । एक महिनाअघि फिल्मको पोस्टर रिलिज कार्यक्रममा निर्माता मुनाल घिमिरेले केदारलाई ५१ लाख नगद र अब १० लाख दिन बाँकी रहेको बताएका थिए । अर्थात्, केदारलाई ६१ लाखमा फिल्म खेलाएको उनको दाबी थियो ।

फिल्मीखबर, काठमाडौं, २०८२ श्रावण ३०, शुक्रवार

सवीर श्रेष्ठको निर्देशनमा बन्न लागेको फिल्म ‘३६ को आँकडा’मा मुख्य कलाकारको ‘लाइनअप’ पूरा भएको छ । रेखा थापा, पूजा शर्मा र महेश त्रिपाठीपछि अब फिल्ममा अभिनेता पुष्प खड्का भित्रिएका छन् । उनीसँग निर्माण पक्षले यसै साता लिखित सम्झौता गरेको हो । फिल्ममा पुष्पको जोडी पूजासँग बाँधिनेछ । पहिलो पटक उनीहरू जोडी भएर फिल्ममा एकसाथ देखिन लागेका हुन् ।

फिल्मीखबर, काठमाडौं, २०८२ श्रावण २९, बिहिवार

कोरियोग्राफरको रुपमा परिचित माइकल चन्दको निर्देशनमा बन्न लागेको एक्सन प्रधान फिल्म ‘राम नाम सत्य’को शुभसाइत गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । बिहीबार ललितपुरको प्रसिद्ध बंगलामुखी मन्दिरमा मुहूर्त पूजापछि एक पोस्टर सार्वजनिक गर्दै आगामी चैत २७ गतेबाट फिल्म प्रदर्शनमा आउने जानकारी गराइयो ।

फिल्मीखबर, काठमाडौं, २०८२ श्रावण २९, बिहिवार

जब-जब ठूला बजेटका भारतीय वा हलिउड फिल्म प्रदर्शनमा आउँछन्, तब नेपाली फिल्मले हलमा पर्याप्य शो नै पाउँदैनन् । बक्स अफिसमा नेपाली फिल्म सुखद रूपमा चल्दा पनि शो कटौती गरेर विदेशी फिल्मलाई दिइन्छ । जसले गर्दा नेपाली फिल्म सीमित शो लिएर हलमा ठूला विदेशी फिल्महरूसँग प्रतिस्पर्धा गर्न बाध्य हुन्छन्  । यतिबेला ‘मोहर’ र ‘सिटामोल’को अवस्था पनि यस्तै छ ।

Results : 589 - 594 of 23507