Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 577 - 582 of 23984
फिल्मीखबर, काठमाडौं, 2026-02-02, सोमवार

सहिद दिवसको दिन पारेर शुक्रबार (१६ माघ)बाट प्रदर्शनमा आएको फिल्म ‘द ब्लू लाइट’लाई निर्माताले हलबाट उतार्ने निर्णय गरेका छन् । सोमबार निर्माता कम्पनी स्काइफल पिक्चर्सको तर्फबाट निर्देशक बलिराम चौहानले एक विज्ञप्ति जारी गर्दै फिल्मलाई पुनः प्रदर्शन गर्ने गरी हलबाट हटाउने निर्णय भएको जानकारी गराएका हुन् । 

फिल्मीखबर, काठमाडौं, 2026-02-02, सोमवार

सहिद दिवसको दिन पारेर शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘आ बाट आमा’ले घरेलु बक्स अफिसमा सुखद व्यापार गरिरहेको छ । शुक्रबार औसत रहेको फिल्मको व्यापार शनिबार उत्साहप्रद रह्यो । आइतबार पनि फिल्मले देशव्यापी ४० प्रतिशतमाथि अकुपेन्सी हासिल गरेको थियो । बलियो ‘वर्ड अफ माउथ’ले सोमबार (आज) अकुपेन्सी दर थप वृद्धि भएको देखिन्छ ।

फिल्मीखबर, काठमाडौं, 2026-02-02, सोमवार

सन् २०२५ मा रिलिज भएको लभस्टोरी बलिउड फिल्म ‘सैयारा’ले विश्वभर अविश्वसनीय कमाइ गर्‍यो । भारतमा मात्र झन्डै ४ सय करोड कमाएको यो फिल्मले बलिउडमा मृतप्रायः रहेको लभस्टोरी जनरालाई नै पुनर्जीवित गरेको छ । यसको सफलतापछि बलिउडमा लभस्टोरी फिल्मको बाढी आइरहेको छ । र, त्यसको प्रभाव नेपालमा समेत देखिएको छ । 

फिल्मीखबर, काठमाडौं, 2026-02-02, सोमवार

अघिल्लो साता प्रदर्शनमा आएको एक्सनप्रधान फिल्म ‘परिवर्तन’ छायांकनकै बेलादेखि कलाकारको पारिश्रमिकका कारण चर्चामा थियो । यो फिल्ममा सर्वाधिक पारिश्रमिक अभिनेत्री अञ्जना बराइलीले लिएको बताइन्छ । बजारमा चलेको चर्चाअनुसार उनले यसमा २० लाख पारिश्रमिक बुझेकी छन् । र, अभिनेता सुशील श्रेष्ठले १६ लाख पारिश्रमिक लिएको स्रोतको दाबी छ ।

फिल्मीखबर, काठमाडौं, 2026-02-02, सोमवार

चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको निधन भएको छ । शुक्रबारदेखि काठमाडौंको टोखास्थित ग्रान्डी अस्पतालमा उपचारार्थ उनको आइतबार दिउँसो १२: ४५ बजे ब्रेन ह्यामरेजका कारण निधन भएको हो । उनको आइतबार साँझ पशुपति आर्यघाटमा हिन्दू परम्पराअनुसार अन्त्येष्टि गरिएको छ । ४५ वर्षका उनी अविवाहित थिए । 

एजेन्सी, काठमाडौं, 2026-01-31, शनिवार

कङ्ग फू मास्टरको रूपमा परिचित हलिउड अभिनेता ज्याकी च्यानले आफूले ‘फेयरवेल’ गीत रेकर्ड गराएको खुलासा गरेका छन् । उनले हालै चीनको राजधानी बेइजिङमा आफ्नो नयाँ फिल्म ‘अनएक्सपेक्टेड फेमिली’को प्रिमियरको क्रममा यसबारे खुलासा गरेका हुन् । उनले उक्त गीत आफ्नो निधनपछि रिलिज हुने र दुनियाँका लागि त्यही नै आफ्नो अन्तिम सन्देश हुने बताएका छन् ।

Results : 577 - 582 of 23984