Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 535 - 540 of 23984
फिल्मीखबर, काठमाडौं, 2026-02-16, सोमवार

छायांकनको तयारीमा रहेको फिल्म ‘जिरो डिग्री’को व्यङ्ग्यात्मक गीत ‘अरे ओ नेता जी’ सार्वजनिक गरिएको छ । समसामयिक राजनीति र झुटा आश्वासन बाँड्ने नेताप्रति व्यङ्ग्य गरिएको यस गीतमा अभिनेता विजय बराल र गायक अङ्कित बाबु अधिकारीको स्वर रहेको छ भने अङ्कित स्वयंको संगीत तथा युवराज काफ्लेको शब्द रचना छ ।

फिल्मीखबर, काठमाडौं, 2026-02-16, सोमवार

तुलसी घिमिरेको निर्देशनमा बनेको फिल्म ‘पहाड’ आउँदो नयाँ वर्षको दिन प्रदर्शन हुने भएको छ । सोमबार निर्माण पक्षले बैशाख १ गतेलाई फिल्मको प्रदर्शन मिति तय गरेको हो । यसअघि फिल्मलाई कात्तिक ७ गते (भाइटीकाको भोलिपल्ट) प्रदर्शन गर्ने तयारी गरिएको थियो । तर, तिहारमा धेरै फिल्म आउने भएपछि निर्माताले प्रदर्शन स्थगित गरेका थिए ।

फिल्मीखबर, काठमाडौं, 2026-02-15, आईतवार

राम नवमीको अवसर पारेर चैत १३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘हामी तीन भाइ’को पहिलो गीत ‘मैले जति दुःख पीडा’ सार्वजनिक गरिएको छ । मर्मस्पर्शी भावको यस गीतमा बाबुल गिरीको शब्द, संगीत तथा स्वर रहेको छ । गीतले आफ्नाबाटै पीडा भोग्नुपर्दाको भावना व्यक्त गर्दै माया गरे माया मिल्ने सन्देश दिएको छ ।

फिल्मीखबर, काठमाडौं, 2026-02-15, आईतवार

अभिनेत्री रेखा थापा करिब ८ वर्षपछि फिल्म निर्देशनमा फर्किने भएकी छन् । उनको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘माया भनेकै यस्तो होला’को आइतबार महाशिवरात्रीको अवसर पारेर काठमाडौंमा एक कार्यक्रमका बीच निर्माण घोषणा गरिएको छ । यो रेखाको तेस्रो निर्देशकीय फिल्म हुनेछ । यसअघि उनले ‘हिम्मतवाली’ र ‘मालिका’ निर्देशन गरिसकेकी छन् । 

फिल्मीखबर, काठमाडौं, 2026-02-14, शनिवार

चर्चित गायक रामकृष्ण ढकालले पहिलो पटक निर्माण गरेको फिल्म ‘मालती मंगले’ आगामी बैशाख २५ गते (८ मे)देखि प्रदर्शनमा आउने भएको छ । शनिबार निर्माण पक्षले भ्यालेनटाइन डे (प्रणय दिवस)को अवसरमा फिल्मको फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मितिबारे जानकारी गराएको हो । उक्त मितिमा अहिलेसम्म अरू फिल्म छैन । 

फिल्मीखबर, काठमाडौं, 2026-02-14, शनिवार

अभिनेता शाहिद कपूर र अभिनेत्री तृप्ति डिमरीको मुख्य भूमिका रहेको फिल्म ‘ओ रोमियो’ भ्यालेनटाइन डेको अवसर पारेर शुक्रबारबाट प्रदर्शनमा आइसकेको छ । ट्रेलर र गीतबाट यो फिल्मको ठूलो हाइप बनेको थियो । तर, फिल्मको एड्भान्स टिकट बुकिङ अपेक्षित हुन सकेन । यसले गर्दा फिल्मको ओपनिङ बढीमा ५-६ करोड हुनसक्ने अनुमान गरिएको थियो ।

Results : 535 - 540 of 23984