Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

तृषाको फिल्मका लागि विजयले हटाए बिहानी शोमा लागेको प्रतिबन्ध

एजेन्सी, काठमाडौं, 2026/05/13

Karuppu

 

तमिल सुपरस्टार थलापति विजयले केही दिनअघि मात्र तमिलनाडुको मुख्यमन्त्री पदको शपथ लिए । उनले पदभार ग्रहण गरेसँगै तीन वर्षदेखि तमिलनाडुमा प्रतिबन्ध रहेको फिल्मको बिहानी शो खुला गर्न अनुमति दिएका छन् । सन् २०२३ मा एउटा ठूलो घटनापछि तमिलनाडु सरकारले सुरक्षाको कारण देखाउँदै फिल्मको बिहानी शो राख्न प्रतिबन्ध लगाएको थियो । 

विजयले सूर्या र तृषा कृष्णन अभिनीत नयाँ फिल्म ‘करप्पू’का लागि बिहान ९ बजेदेखि शो खुलाउन अनुमति दिएको भारतीय मिडियाले जनाएका छन् । यसबारे फिल्मको प्रोडक्सन हाउस ड्रिम वारियर पिक्चरले पनि सामाजिक सञ्जालमार्फत जानकारी गराएको छ । तमिल भाषाको ‘करप्पू’ यही १४ मे (भोलि)देखि प्रदर्शनमा आउँदैछ । 

विजयले यो फिल्मलाई बिहान ९ बजेदेखि प्रदर्शन गर्न अनुमति दिनुको पछाडि तृषासँगको सम्बन्धलाई मुख्य कारण मानिएको छ । लामो समयदेखि उनको नाम तृषासँग जोडिँदै आएको छ । विजयले विधानसभाको चुनाव जितेपछि उनलाई बधाई दिन तृषा घरमै पुगेकी थिइन् । विजयको शपथ समारोहमा पनि उनी सहभागी थिइन् । यसले पनि उनीहरूको सम्बन्धबारे संकेत गर्छ ।

२०२३ देखि तमिलनाडुमा थियो बिहानी शोमा प्रतिबन्ध 

सन् २०२३ मा प्रदर्शन भएको अजित कुमार अभिनीत फिल्म ‘थुनिवु’देखि तमिलनाडुमा बिहानी शोमा प्रतिबन्ध लगाइएको थियो । उक्त फिल्मको बिहान ४ बजेको शोमा भागदौड मच्चिँदा एकको मृत्यु भएको थियो । त्यसपछि तमिलनाडु सरकारले सुरक्षालाई ध्यानमा राख्दै बिहानका शोमा रोक लगाउने निर्णय गरेको थियो । अब उक्त प्रतिबन्ध हटेको छ । 

Most Visited News (monthly)