मिति : २०८२ वैशाख २३, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 547 - 552 of 22575
फिल्मीखबर, काठमाडौं, २०८१ पौष ७, आईतवार

कुनै समय लभस्टोरी फिल्ममा सफल मानिएका अभिनेता राजबल्लभ कोइरालाको परिचयमा नयाँ आयाम थपिने भएको छ । साहित्यप्रति विशेष रुचि राख्ने उनले कविको परिचय थप्न लागेका हुन् । उनी आफ्नो पहिलो कृतिको रुपमा कविता संग्रह ‘औरा’ सार्वजनिक गर्ने तयारीमा छन् । प्रकाशनको अन्तिम तयारीमा रहेको पुस्तक यसै वर्ष बजारमा उपलब्ध हुने जनाइएको छ ।

फिल्मीखबर, काठमाडौं, २०८१ पौष ७, आईतवार

गत वर्षको फागुनमा प्रदर्शनमा आएको ‘रंगेली’का निर्देशक अर्जुन सुवेदी आफ्नो दोस्रो फिल्म ‘सोल्टिनी’को यही पुष अन्तिमबाट छायांकन गर्ने तयारीमा छन् । फिल्ममा कलाकारहरुको बलियो ‘लाइनअप’ बनाएका उनले यसमा फरक जातीय पृष्ठभूमिका दुई पात्रको प्रेमकथा प्रस्तुत गर्दैछन् । र, यो कथा उनले अभिनेता प्रकाश सपूत र अभिनेत्री परीक्षा लिम्बूमार्फत् पर्दामा देखाउनेछन् ।

फिल्मीखबर, काठमाडौं, २०८१ पौष ७, आईतवार

‘होस्टेल’को तेस्रो श्रृंखलाको रुपमा निर्माण भएको फिल्म ‘होस्टेल ३’को प्रमुख छायांकन सकिएको छ । दुई चरणमा गरी ४९ दिनमा शुक्रबार फिल्मको छायांकन पूरा भएको निर्देशक सशान कँडेलले जानकारी दिए । केही कलाकारहरूको बडी ट्रान्सफर्मेसन (शारीरिक परिवर्तन)का फुटकर छायांकन भने बाँकी रहेको उनको भनाई छ । त्यो केही हप्तापछि गरिने उनले बताए ।

फिल्मीखबर, काठमाडौं, २०८१ पौष ६, शनिवार

बलिउड अभिनेता जोन अब्राहमले नेपालका पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेलाई चितवनको सौराहामा आयोजना हुँदै आइरहेको हात्ती महोत्सव खारेज गर्न आग्रह गरेका छन् । उनले आफ्नो हस्ताक्षरसहितको पत्र पठाउँदै महोत्सवमा हात्तीको प्रयोग हुने भएकाले त्यो रोक्न अनुरोध गरेका हुन् । पत्रमा उनले महोत्सवको नाममा हात्तीहरूमाथि दुर्व्यवहार हुने गरेको जनाएका छन् ।

फिल्मीखबर, काठमाडौं, २०८१ पौष ५, शुक्रवार

अभिनेता सुशील श्रेष्ठको चार वर्षपछिको कमब्याक फिल्म ‘आउट लः दफा २१९’को नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ । शुक्रबार निर्माताले एक पोस्टर सार्वजनिक गर्दै फागु पूर्णिमा (होली)को दिन पारेर आगामी फागुन २९ गतेबाट फिल्म रिलिज हुने जानकारी दिए । यसअघि गत असोज ३ गते फिल्म रिलिज हुने निश्चित थियो । तर, छायांकन नसकिँदा फिल्म प्रदर्शन हुन सकेन ।

फिल्मीखबर, काठमाडौं, २०८१ पौष ५, शुक्रवार

बलिउड अभिनेत्री तथा भ्लगर प्रजक्ता कोली लामो समयदेखि नेपाली युवक वृशांक खनालसँग प्रेम सम्बन्धमा छिन् । अघिल्लो वर्ष उनीहरुले काठमाडौंमा इन्गेजमेन्ट गरेका थिए । मुम्बई विश्वविद्यालयमा अध्ययन गर्ने क्रममा प्रजक्ता र वृशांकबीच प्रेम अंकुराएको थियो । करिब १३ वर्षदेखि प्रेम सम्बन्धमा रहेका उनीहरु अर्को वर्ष वैवाहिक जीवनमा बाँधिने तयारीमा रहेको जनाइएको छ ।

Results : 547 - 552 of 22575