Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 541 - 546 of 23807
फिल्मीखबर, काठमाडौं, 2025-12-19, शुक्रवार

कात्तिकयता नेपाली फिल्मको व्यापार सुस्ताइरहेको अवस्थामा शुक्रबारबाट नयाँ आशातित फिल्म ‘झरीपछिको इन्द्रेणी’ प्रदर्शनमा आएको छ । स्टारकास्ट र गीत-ट्रेलरले दर्शकलाई आकर्षित गरेकाले फिल्मले बक्स अफिस चलायमान बनाउने अपेक्षा गरिएको छ । हलिउड फिल्म ‘अवतार ३’सँगको प्रतिस्पर्धाका कारण फिल्मले अपेक्षित शो भने पाउन सकेको छैन ।

फिल्मीखबर, काठमाडौं, 2025-12-18, बिहिवार

प्रणय दिवसको छेको पारेर आगामी माघ २३ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘कुमारी’को दोस्रो गीत ‘तिमी बिना’ सार्वजनिक गरिएको छ । प्रेमिल भाव सिर्जना गर्ने यस गीतमा चर्चित गायक केहर सिंह लिम्बूले स्वर दिएका छन् । गीतमा शब्द सुमन तामाङको रहेको छ भने संगीत सुमन र केहरको छ । 

फिल्मीखबर, काठमाडौं, 2025-12-18, बिहिवार

कलाकार माओत्से गुरुङको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘पेन्सन पट्टा’को छायांकन सुरु गरिएको छ । बिहीबार कास्की जिल्लाको ताङतिङ गाउँमा शुभ मुहूर्त गरेपछि फिल्मका दुई मुख्य कलाकार पशुपति राई र गौमाया गुरुङले पहिलो सट दिए । फिल्मको सोही गाउँमा ३५ दिनसम्म छायांकन हुने जनाइएको छ । 

फिल्मीखबर, काठमाडौं, 2025-12-18, बिहिवार

विदेशी र स्वदेशी फिल्मप्रति नेपालका हल सञ्चालकहरूको व्यवहार सधैंजसो विभेदपूर्ण रहँदै आएको छ । ठूला विदेशी फिल्म प्रदर्शनमा आउँदा नेपाली फिल्मलाई सीमित शो, त्यो पनि अफ–टाइममा दिएर पन्छ्याउने प्रवृत्ति पटक–पटक देखिँदै आएको छ । यो विभेद भोलि शुक्रबारदेखि प्रदर्शन हुन लागेको नयाँ फिल्म ‘झरीपछिको इन्द्रेणी’ले पनि भोगिरहेको छ ।

फिल्मीखबर, काठमाडौं, 2025-12-17, बुधवार

किरण राईको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘नाकछोङ’को ट्रेलर सार्वजनिक गरिएको छ । फिल्मको प्रदर्शन मिति तय नहुँदै दर्शकमाझ ल्याइएको ट्रेलरले कथावस्तुबारे प्रकाश पारेको छ । पिताको निधनपछि उनको इच्छाअनुसार ‘आत्मा’ बाटो लगाउन राई समुदायमा गरिने परम्परागत कुलको बिजुवा (नाकछोङ)को कथामा फिल्म आधारित छ ।

फिल्मीखबर, काठमाडौं, 2025-12-17, बुधवार

यस वर्षको कात्तिकसम्म नेपाली फिल्मका लागि उत्साहजक समय रह्यो । गएको ७ महिनामा झन्डै ६० करोडको व्यापार भएको छ । त्यसमा सबैभन्दा ठूलो योगदान फिल्म ‘परान’को छ । यसले अहिलेसम्म बक्स अफिसमा साढे १७ करोड हाराहारीको व्यापार गरिसकेको छ । यसै वर्ष प्रदर्शनमा आएका दुई फिल्म ‘ऊनको स्वीटर’ र ‘जेरी अन टप’ले पनि लगभग २४ करोड कमाएका छन् ।

Results : 541 - 546 of 23807