Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘बिहे पास’का निर्देशकले कबीरलाई लिएर ‘मेरो प्रेम अधुरो’ बनाउने

फिल्मीखबर, काठमाडौं, 2026/05/15

kabir khadka

 

‘बिहे पास’का निर्देशक प्रवेश पौडेलले तीन वर्षपछि नयाँ फिल्म बनाउने भएका छन् । उनले निर्देशन गर्ने फिल्मको नाम ‘मेरो प्रेम अधुरो’ राखिएको छ । शुक्रबार थिम पोस्टरमार्फत यस फिल्मको औपचारिक रूपमा निर्माण घोषणा गरिएको हो । निर्देशनको हिसाबले प्रवेशको यो तेस्रो फिल्म हुनेछ । उनले ‘अमेरिका ब्वाइज’बाट निर्देशकीय यात्रा सुरु गरेका थिए । 

आगामी साउनमा छायांकन गर्ने लक्ष्य राखिएको यस फिल्मको मुख्य भूमिकामा अभिनेता कबीर खड्का देखिनेछन् । उनले यसअघि ‘लम्फू, ‘गुञ्जन, ‘एक भागवत गीता’ र ‘लण्डन टू पेरिस’मा अभिनय गरिसकेका छन् । फिल्ममा उनी लभर ब्वाईको रूपमा प्रस्तुत हुने जनाइएको छ । उनको अपोजिटमा अभिनेत्री भने तय भएका छैनन् । 

सितारा फिल्म्स र कबीर खड्का फिल्म्सको प्रस्तुतिमा बन्ने यस फिल्मका निर्माता सुरेन्द्र रावल हुन् । फिल्ममा कबीरको पनि लगानी रहनेछ । सह-निर्मातामा करण खड्का रहेका छन् । फिल्ममा शरद महतोको डिओपी तथा अर्जुन कटुवालको संगीत रहनेछ । क्रियटिभ निर्देशकमा बम बहादुर थापा छन् । शीर्षकले फिल्मको कथा प्रेम र विछोडमा आधारित रहने संकेत गर्छ ।