Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 529 - 534 of 23984
फिल्मीखबर, काठमाडौं, 2026-02-18, बुधवार

राजेन्द्र बस्नेतको निर्देशनमा बन्न लागेको फिल्म ‘कार्की साइँला’मा मुख्य अभिनेत्री फेरिएका छन् । गत बैशाखमा वर्षा सिकावोटीलाई लिएर निर्माण घोषणा गरिएको यस फिल्ममा अब प्रियना आचार्य (मुन्नी) अनुबन्धित भएकी छन् । वर्षाले सहमतिमै फिल्म छाडेपछि निर्माण पक्षले फिल्ममा प्रियनालाई भित्र्याएको हो । उनीसँग निर्माताले मंगलबार लिखित सम्झौता गरेका हुन् ।

फिल्मीखबर, काठमाडौं, 2026-02-18, बुधवार

गत कात्तिकमा प्रदर्शन भएको फिल्म ‘परान’पछि तीन महिना नेपाली फिल्मको व्यापार मौसमजस्तै चिसियो । यो बीचमा एक दर्जन हाराहारी फिल्म रिलिज भए पनि कुनैले गतिलो व्यापार गर्न सकेनन् । तीन महिनामा करिब १० करोड रुपैयाँ बालुवामा पानी खन्याएजस्तै भयो । ‘स्टार’ भनिएका कलाकारको समेत फिल्म नचल्दा फिल्म क्षेत्रमा निराशा र अन्योलता छाएको थियो । 

फिल्मीखबर, काठमाडौं, 2026-02-17, मंगलवार

गत शुक्रबार (१ फागुन)बाट प्रदर्शनमा आएको फिल्म ‘बिगुल’लाई निर्माताले हलबाट उतार्ने निर्णय गरेका छन् । मंगलबार निर्माता कम्पनी म्याग्नोलिया ग्रुपका अध्यक्ष सूर्यकान्त कोइरालाले जारी गरेको विज्ञप्तिमा भोलि बुधबारबाट फिल्मको प्रदर्शन रोक्ने निर्णय गरिएको जनाइएको छ । आसन्न प्रतिनिधि सभा निर्वाचनका कारण फिल्मको रिलिज स्थगित गरिएको विज्ञप्तिमा उल्लेख छ ।

एजेन्सी, काठमाडौं, 2026-02-17, मंगलवार

बलिउडका चर्चित अभिनेता राजपाल यादव यतिबेला मुस्किल घडीमा छन् । चेक बाउन्सको मुद्दामा उनले तिहाड जेलमा ११ दिन बिताए । सोमबार मात्र उनलाई दिल्ली उच्च अदालतले सर्तसहित १८ मार्चसम्मका लागि अन्तरिम जमानत दिएको छ । डेढ करोड भारु धरौटी र पासपोर्ट बुझाएर उनी रिहा भइसकेका छन् । अब अर्को सुनुवाइ १८ मार्चमा हुनेछ ।

फिल्मीखबर, काठमाडौं, 2026-02-16, सोमवार

अभिनेता पल शाहले जेल जीवनपछि करिअरमा ठूलो उतारचढाव भोग्नुपर्‍यो । २०८१ सालमा मात्र उनका दुईवटा फिल्म ‘रावायण’ र ‘मायावी’ व्यावसायिक रूपमा असफल भए । यसले गर्दा उनलाई फिल्ममा लिनै निर्माता-निर्देशकहरू हिचकिचाउन थालेका थिए । एउटा फिल्मबाट त उनलाई जानकारीबिनै हटाइएको समेत थियो । तर, यस वर्ष पलले करिअरमा सानदार ‘यूटर्न’ लिएका छन् ।

फिल्मीखबर, काठमाडौं, 2026-02-16, सोमवार

चलचित्र विकास बोर्डले माघ महिनाका तीन फिल्म ‘आ बाट आमा’, ‘कुमारी’ र ‘रमिताको पिरती’को आधिकारिक बक्स अफिस तथ्यांक सार्वजनिक गरेको छ । यी तीन फिल्ममध्ये ‘आ बाट आमा’ कमाइमा ठूलो अंकले अगाडि देखिएको छ । यसले फागुन २ गते शनिबारसम्म ३ लाख १० हजार ३२३ वटा टिकट बिक्रीबापत ८ करोड ३१ लाख ८७ हजार ७८९ रुपैयाँ ग्रस कमाएको छ । 

Results : 529 - 534 of 23984