मिति : २०८२ ज्येष्ठ ८, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 529 - 534 of 22630
फिल्मीखबर, काठमाडौं, २०८१ पौष २८, आईतवार

अभिनेत्री सुरक्षा पन्तको मुख्य भूमिका रहेको फिल्म ‘खेल’ आगामी बैशाख १२ गतेबाट प्रदर्शनमा आउने भएको छ । आइतबार फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै निर्माण कम्पनी सिरुपाते फिल्म्सले प्रदर्शन मिति घोषणा गरेको हो । उक्त मितिमा अर्को फिल्म ‘भूठान’ (द वर्ल्ड्स ह्याप्पिएस्ट म्यान) पनि प्रदर्शनमा आउँदैछ । अर्थात् बैशाख १२ गते दुई फिल्मबीच भिडन्त हुने भएको छ ।

फिल्मीखबर, काठमाडौं, २०८१ पौष २८, आईतवार

राष्ट्रिय दलित आयोगको जातीय अनुसूचीमा विश्वकर्मा जातिलाई ‘कामी’ भनेर उल्लेख गरिएको छ । तर, यही समुदायका कतिपयले ‘कामी’ शब्दलाई अपमानजनक मान्ने गरेका छन् । यो शब्दलाई लिएर बेला बखतमा ठूलै बहस पनि हुने गरेको छ । २०७७ सालमा ‘कामी’ शब्दले विश्वकर्मा जातिलाई अपमान गरेको भन्दै यसको खारेजीको मागसहित सर्वोच्च अदालतमा मुद्धा समेत परेको थियो ।

फिल्मीखबर, काठमाडौं, २०८१ पौष २७, शनिवार

गायक तथा अभिनेता प्रकाश सपूतको पहिलो निर्देशित फिल्म ‘वसन्त’को पहिलो गीतको रुपमा ‘साँझ पर्‍यो झमक्क’ सार्वजनिक गरिएको छ । शनिबार काठमाडौंमा एक कार्यक्रमबीच सार्वजनिक उक्त गीतमा प्रकाश स्वयंको गायन छ भने उनलाई ‘गलबन्दी’ गायिका शान्तिश्री परियारले साथ दिएकी छन् । सालैजो र यानीमाया भाकाको गीतमा प्रकाश स्वयंको शब्द रचना तथा संगीत छ ।

फिल्मीखबर, काठमाडौं, २०८१ पौष २७, शनिवार
फिल्मीखबर, काठमाडौं, २०८१ पौष २६, शुक्रवार

दीवाकर भट्टराईको निर्देशनमा बनेको पाँचौं फिल्म ‘मायावी’को दोस्रो पोस्टर सार्वजनिक गरिएको छ । शुक्रबार सार्वजनिक दुईवटा पोस्टरले फिल्मका दुई मुख्य पात्र पल शाह र दीपिका प्रसाइँको मनोदशा दर्शाउँछ । एउटा पोस्टरमा पल पीडामा देखिन्छन् । तर, अर्कोमा उनी दीपिकासँग प्रेमिल भावमा चित्रित छन् । यसबाट प्रष्ट हुन्छ कि फिल्मले मुख्य रुपमा प्रेम र विछोडको कथा भन्नेछ ।

फिल्मीखबर, काठमाडौं, २०८१ पौष २६, शुक्रवार

नेपालमा फिल्म बनाउनभन्दा चलाउन कठीन छ । रिलिजका लागि मिति खोज्नदेखि हलमा शोका लागि निर्माताले ठूलै माथामच्ची गर्नुपर्छ । अब झन् फिल्म रिलिजको प्रक्रिया जटिल बन्दैछ । नेपाली फिल्म क्षेत्रका दुई संस्था निर्माता संघ र नेपाल चलचित्र संघले अबदेखि फिल्म रिलिज गर्दा दुवै संस्थामा दर्ता गर्नुपर्ने र निर्माता संघमा ५ हजार तिरेर सदस्यता लिनुपर्ने सिन्डिकेट लादेका छन् ।

Results : 529 - 534 of 22630