Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हलमा आँचल र सुरक्षाको फिल्मबीच भिडन्त

फिल्मीखबर, काठमाडौं, 2026/05/15

2 nepali movie

 

यतिबेला हलहरूमा फिल्मको चाप उच्च छ । नेपाली र विदेशी गरी एक दर्जनभन्दा बढी फिल्म हलमा प्रदर्शनरत छन् । शुक्रबारबाट थप दुई फिल्म थपिएका छन्, ‘एक मुठ्ठी बादल’ र ‘लाइफ ड्यामेज’ । यी दुवै फिल्म महिलाप्रधान हुन् । तर, दुवैको कथावाचन शैली भने फरक छ । यसैले दर्शकलाई आफ्नो रुचिअनुसार फिल्म हेर्न पाउने सुविधा देखिन्छ । 

अभिनेत्री आँचल शर्माको मुख्य भुमिका रहेको ‘एक मुठ्ठी बादल’लाई सहारा शर्माले लेखन तथा निर्देशन गरेकी हुन् । विवाहको अघिल्लो दिन युवतीको मनमा चल्ने अन्तरद्वन्द्व र परिवारमा घट्ने एक घटनालाई फिल्ममा प्रस्तुत गरिएको छ । फिल्ममा आँचलसहित निशा शर्मा, उषा रजक, भिमा मैनाली, गौरव विष्ट, मनिष निरौलालगायतका कलाकारहरूको अभिनय रहेको छ ।

बुधबार काठमाडौंमा भएको प्रिमियरमा फिल्मको कथावस्तुदेखि कलाकारहरूको अभिनयसम्मको प्रशंसा भएको थियो । प्रिमियरमा उपस्थित प्रायःले साहसी र फरक कथामा फिल्म बनेको भन्दै यसले नेपाली फिल्मलाई नयाँ उचाइमा लैजाने विश्वास व्यक्त गरेका थिए । आँचलको अभिनयलाई ‘सरप्राइज प्याकेज’को संज्ञा समेत दिइएको थियो ।

फेन्टासी कमेडी ड्रामा भनिएको ‘लाइफ ड्यामेज’मा भने सुरक्षा पन्त, निमेष श्रेष्ठ, ईशा थापा, सञ्जना महर्जन, अमोघ अर्याल, अनिश जंग थापा, अजय पन्त, सविन बाँस्तोला, निर्मला खड्कालगायत कलाकारहरूको अभिनय रहेको छ । कन्टेन्ट क्रियटरका रूपमा परिचित निमेष श्रेष्ठको निर्देशनमा बनेको फिल्ममा प्रवीण खड्काको छायांकन तथा बिकेन कार्कीको सम्पादन छ ।