
विश्वमै एउटा भनाइ प्रख्यात छ, ‘फिल्मको सेट केवल अभिनयको होइन, प्रेम अंकुराउने थलो समेत हो ।’ यो भनाइ पटक पटक चरितार्थ हुँदै आएको छ । छायांकनको क्रममा कलाकारदेखि निर्माता-निर्देशकसम्म प्रेममा डुबिसकेका हुन्छन् । नेपाली फिल्म क्षेत्रमा यस्ता उदाहरण धेरै छन् । यसैले अचेल कलाकारहरूको अभिनयभन्दा प्रेमको चर्चा बढी हुने गर्छ ।

नेपाली फिल्मकी प्रथम अभिनेत्री भुवन चन्दलाई पतिशोक परेको छ । उनका श्रीमान् माइकल चन्द (हरिश)को शुक्रबार बिहान ७७ वर्षको उमेरमा निधन भएको हो । २००६ सालमा सुदूरपश्चिममा जन्मिएका उनका तीन छोरी छन्, जो हाल अमेरिकामा छन् । उनीहरू नेपाल आएपछि शनिबार चन्दको अन्त्येष्टि गरिने पारिवारिक स्रोत जनाएको छ ।

महाशिवरात्रिको अवसर पारेर फागुन १ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘शिवांश-१’को टिजर सार्वजनिक गरिएको छ । एक मिनेटभन्दा लामो टिजरले फिल्म धार्मिक कथावस्तुमा आधारित रहेको संकेत गर्छ । टिजरमा एक पात्र शरीरभरि खरानी घसेर ध्यान गरिरहेका देखिन्छन् । ती पात्र कलाकार प्रवीण खतिवडा जस्ता देखिए पनि अनुहार प्रस्ट देखिएको छैन ।

नेपालको पहिलो साइन्स-फिक्सन फिल्म ‘एक्लो’ले घरेलु बक्स अफिसमा अपेक्षित व्यापार गर्न सकेको छैन । फिल्मलाई दर्शकीय प्रतिक्रिया पनि मिश्रित प्राप्त छ । पहिलो साताको व्यापार अपेक्षा अनुरुप नभएपछि दोस्रो सातामा फिल्मका धेरै शो गुमिसकेका छन् । यद्यपि, निर्माण पक्ष ‘वर्ड अफ माउथ’को प्रभावले व्यापार वृद्धि हुनेमा अझै आशावादी देखिन्छ ।

विभिन्न समयमा दसैँलाई नेपाली निर्माताहरूले आफ्नो पेवाजस्तै बनाउँदै आएका छन् । कुनै बेला दसैँ नै रेखा थापाको भनिन्थ्यो । बर्सेनि दसैँमा उनका फिल्म रिलिज हुन्थे । पछिल्लो समय दीपकराज गिरी समूहले दसैँ कब्जा गर्दै आएको छ । गत वर्षबाट दसैँमा विराज भट्ट पनि थपिएका छन् । अब आगामी दसैँ पनि दीपकराज र विराजले नछाड्ने भएका छन् ।

‘रकिङ स्टार’को रुपमा परिचित कन्नड अभिनेता यशको आगामी फिल्म ‘टक्सिक’को परिचयात्मक टिजर सार्वजनिक भएको छ । यशको जन्मदिनको अवसर पारेर सार्वजनिक झन्डै तीन मिनेट लामो टिजरले उनको चरित्रको झलक प्रस्तुत गरेको छ । ‘राया’को भूमिकामा रहेका उनलाई टिजरमा एक्सन अवतारमा प्रस्तुत गरिएको छ भने उनका केही ‘बोल्ड सिन’ पनि समावेश छन् ।

