Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 463 - 468 of 23983
फिल्मीखबर, काठमाडौं, 2026-03-16, सोमवार

गायिका अरुणा लामाको कालजयी गीतमध्ये एक हो, ‘उडी जाऊँ भने म पन्छी होइन ।’ सन् १९७९ मा प्रदर्शन भएको फिल्म ‘परालको आगो’मा समावेश यो गीतले चार दशकपछि पुनर्जीवन पाएको छ । ‘परालको आगो’ नाममा बनेको नयाँ फिल्ममा सोही गीतलाई पुनः रेकर्ड गरेर समावेश गरिएको छ । सोमबार उक्त गीत युट्युबमार्फत दर्शकमाझ ल्याइएको छ ।

फिल्मीखबर, काठमाडौं, 2026-03-16, सोमवार

विश्वकै सबैभन्दा प्रतिष्ठित मानिने ओस्कार अवार्डको ९८औँ संस्करणमा हलिउड फिल्म ‘वन ब्याटल आफ्टर एनदर’ले आफ्नो वर्चश्व कायम गरेको छ । सोमबार बिहान अमेरिकाको लस एन्जलसस्थित डल्बी थिएटरमा आयोजित अवार्ड समारोहमा यो फिल्मले ६ वटा विधामा अवार्ड जित्यो । उत्कृष्ट फिल्मदेखि उत्कृष्ट निर्देशकसम्मको अवार्ड फिल्मले आफ्नो नाममा गर्‍यो ।

फिल्मीखबर, काठमाडौं, 2026-03-15, आईतवार

तुलसी घिमिरेको निर्देशनमा बनेको फिल्म ‘पहाड’को टिजर सार्वजनिक गरिएको छ । आइतबार युट्युबमार्फत सार्वजनिक झण्डै २ मिनेट लामो टिजरले फिल्मको कथावस्तु, परिवेश र चरित्र चित्रणबारे संक्षिप्त झलक प्रस्तुत गरेको छ । पहाडी भूगोलको यथार्थ चित्रणसहित टिजरमा प्रेम, विद्रोह, वैदेशिक रोजगारी र देशप्रेम जस्ता विषयहरू समेटिएका छन् । 

फिल्मीखबर, काठमाडौं, 2026-03-15, आईतवार

अभिनेता विजय बरालको मुख्य भूमिका रहने फिल्म ‘जिरो डिग्री’को छायांकन सुरु भएको छ । आइतबार बिहान पोखरा महानगरपालिका–१६ स्थित अर्मलाकोट मन्दिरमा शुभ मुहूर्त गरेसँगै फिल्मको छायांकन थालिएको हो । फिल्मको पहिलो सटमा विजयसहित प्रकाश घिमिरे, राजन भुसाल र शारदा सिलवालले अभिनय गरेका थिए । 

फिल्मीखबर, काठमाडौं, 2026-03-15, आईतवार

दाजुभाइको सम्बन्धको कथामा आधारित फिल्म ‘हामी तीन भाइ’ राम नवमीको अवसर पारेर चैत १३ गतेबाट प्रदर्शनमा आउँदैछ । फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा शनिबार निर्माण पक्षले भक्तपुरको गुण्डुमा रहेको पलाञ्चोक भगवती मन्दिरमा नयाँ गीत ‘झम्के फुली’को छायांकन गरेको छ । लोकलयमा आधारित यो गीत यसै साता सार्वजनिक गरिँदैछ ।

फिल्मीखबर, काठमाडौं, 2026-03-15, आईतवार

अभिनेत्री तेरिया फौजा मगरको डेब्यु फिल्म ‘मितज्यू’को प्रदर्शन मिति हेरफेर भएको छ । आगामी जेठ १५ गते प्रदर्शन हुने भनिएको यो फिल्म अब एक साताअघि नै हलमा लाग्नेछ । आइतबार निर्माण पक्षले एक पोस्टर सार्वजनिक गर्दै जेठ ८ गतेलाई नयाँ प्रदर्शन मिति तय गरेको हो । अहिलेसम्म यो मितिमा फिल्मलाई सोलो रिलिजको अवसर छ ।

Results : 463 - 468 of 23983