Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

११ मंसिरमा आउँदै ‘स्त्री’, पोस्टरमा के छ ?

फिल्मीखबर, काठमाडौं, 2026/06/03

STREE

 

भारतको सर्वाधिक सफल फिल्ममध्ये एक मानिन्छ, ‘स्त्री’ । हरर कमेडी विधाको यो फिल्मको दोस्रो भागले कमाइमा इतिहास नै रचेको थियो । अब सोही नाममा नेपालमा पनि फिल्म बनेको छ । जीवन शाहीको निर्देशनमा बनेको उक्त फिल्म मंसिर ११ गतेबाट प्रदर्शनमा आउने भएको छ । बुधबार निर्माताले एक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मितिबारे जानकारी गराएका हुन् । 

सार्वजनिक पोस्टरमा फिल्मका मुख्य कलाकारहरू दीपाश्री निरौला, प्रमोद अग्रहरी, सलोन बस्नेत, नम्रता श्रेष्ठ, रिस्ता बस्नेत र दिनेश डिसीलाई स्थान दिइएको छ । उनीहरू कोही निराश त कोही रिसाएको मुद्रामा देखिएका छन् । पोस्टरको पृष्ठभूमिमा प्रयोग गरिएको रातो रंगले फिल्मको क्राइम थ्रिलर विधालाई संकेत गरेको छ ।

समीर राई निर्माता रहेको यस फिल्ममा सुरवीर पण्डित, नरेन्द्र थापा, देव सरकार, रश्मी भट्ट, अस्मिता बस्नेत, काजल कर्ण, अन्जु सुनार, रामबाबु हुमागाँई, कल्पना श्रेष्ठलगायतका कलाकारहरूको पनि अभिनय छ । फिल्ममा रामशरण उप्रेतीको डीओपी, बाबुल गिरीको संगीत, देव महर्जन र शंकर महर्जनको द्वन्द्व निर्देशक तथा बन्दे प्रसादको सम्पादन रहेको छ ।