
सन् २०१८ को कल्ट क्लासिक फिल्म ‘तुम्बाड’को यस वर्ष सिक्वेल निर्माण हुँदैछ । बलियो दृश्यभाषामार्फत पहिलो भागले गहिरो प्रभाव छाडेकाले ‘तुम्बाड २’प्रति दर्शकमा ठूलो अपेक्षा देखिएको छ । अब यो फिल्मको प्रतीक्षामा बसेका दर्शकका लागि एउटा खुसीको खबर आएको छ । यसमा बलिउड अभिनेता नवाजुद्दीन सिद्दीकीको प्रवेश भएको छ ।

राम नवमीको अवसर पारेर चैत १३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘हामी तीन भाइ’को टिजर सार्वजनिक गरिएको छ । सोमबार फागु पूर्णिमा (होली)को अवसर पारेर दर्शकमाझ ल्याइएको टिजरले फिल्मको कथावस्तुबारे संक्षिप्तमा प्रकाश पारेको छ । तीनजना दाजुभाइको आपसी मित्रता र विवाहपछि उत्पन्न हुने मनमुटावलाई टिजरमा देखाइएको छ ।

अभिनेत्री केकी अधिकारीले यसपटकको होली नेपालीहरूका लागि खास रहेको बताएकी छन् । सोमबार परिवारसँग होली मनाएको एक तस्वीर सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले असत्यमाथि सत्यको जित भन्ने कुरालाई कुनै दन्त्य कथा र मिथकमा मात्र सीमित हुन नदिन यसपटक तमाम सहिदहरू र नेपाल आमालाई सम्झिएर मतदान गर्न आग्रह गरेकी छन् ।

प्रतिनिधि सभा निर्वाचनको दिन देशभरका फिल्म हलहरू बन्द हुने भएका छन् । निर्वाचनलाई सहयोग गर्न र कर्मचारीहरूलाई मतदानको अवसर प्रदान गर्न फागुन २१ गते हलहरू बन्द रहने प्रदर्शकहरूको छाता संस्था नेपाल चलचित्र संघका उपाध्यक्ष गोपालकाजी कायस्थले जानकारी दिए । उनका अनुसार बुधबार बस्ने संघको बैठकले यसबारे आधिकारिक निर्णय गर्नेछ ।

तीन हजारभन्दा बढी यौनकर्मी महिलाको अनुभवमा आधारित फिल्म ‘लालिमा’को ट्रेलर सार्वजनिक गरिएको छ । झन्डै तीन मिनेट लामो ट्रेलरले फिल्मको कथावस्तु र केन्द्रीय द्वन्द्वबारे संक्षिप्तमा प्रकाश पारेको छ । अभिनेत्री रोश्नी कार्कीलाई केन्द्रमा राखिएको ट्रेलरमा उनको पारिवारिक उतारचढाव र यौनकर्ममा लागेपछि भोगेका समस्यालाई मर्मस्पर्शी रुपमा देखाइएको छ ।

अभिनेत्री प्रियंका कार्की अभिनय र निर्माण दुवै विधामा सक्रिय छन् । कोरोना महामारीभन्दा अघि वेब सिरिज ‘जस्ट एनदर लभ स्टोरी’ निर्माण गरेकी उनले २ वर्षअघि सर्ट फिल्म ‘टाँक’ पनि बनाएकी थिइन् । केही अन्तर्राष्ट्रिय फेस्टिभलमा स्क्रिनिङ गरेपछि यो फिल्मलाई गत शुक्रबार युट्युबमा रिलिज गरिएको छ । प्रियंकाले आफ्नो जन्मदिनमा फिल्म रिलिज गरेकी हुन् ।

