
अभिनेत्री केकी अधिकारीले निर्माण गर्न लागेको फिल्म ‘स्टेशन’को शुभ मुहूर्त गरिएको छ । सोमबार अक्षय तृतीयाको अवसर पारेर ललितपुरस्थित बंगलामुखी मन्दिर परिसरमा मुहूर्त गर्दै फिल्मको औपचारिक रुपमा निर्माण प्रक्रिया सुरु गरियो । मुहूर्तमा केकी र निर्देशक सुरक्षण भारतीले क्यामेरा, स्क्रिप्ट र क्ल्याप पूजा गरेका थिए ।

गायनबाट फिल्म अभिनयमा आएका धेरै अनुहारमध्ये एक हुन्, प्रकाश सपूत । गायन करिअरको उत्कर्षमा रहँदा उनले ‘परदेशी २’बाट फिल्ममा डेब्यू गरेका थिए । उनलाई पहिलो प्रयासमै सफलता मिल्यो । उनको दोस्रो फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ले त कमाइमा इतिहास नै रच्यो । यसपछि उनले ‘वसन्त’, ‘माइतीघर’ र ‘हरिबहादुरको जुत्ता’ जस्ता फिल्ममा काम गरिसकेका छन् ।

बलिउड फिल्म ‘धुरन्धर: द रिभेन्ज’ले प्रदर्शनको पाँचौं हप्तासम्म आइपुग्दा थुप्रै कीर्तिमान ध्वस्त पारेको छ । सर्वाधिक ठूलो ओपनिङदेखि बलिउडको इतिहासमा सबैभन्दा धेरै कमाउने फिल्मसम्मको रेकर्ड यसले आफ्नो नाममा बनाएको छ । अब यो फिल्मले तोड्न बाँकी एउटा मात्र कीर्तिमान छ । त्यो हो, फिल्म ‘पुष्पा: द रुल्स’ले बनाएको व्यापारिक कीर्तिमान ।

मोडल तथा इन्फ्लुएन्सर प्रशंसा रायमाझीलाई अब दर्शकले ठूलो पर्दामा हेर्न पाउने भएका छन् । उनले फिल्म ‘चिरञ्जीवी भवः’बाट अभिनेत्रीको रुपमा डेब्यू गर्न लागेकी हुन् । आइतबार निर्माताले एक पोस्टरमार्फत प्रशंसालाई फिल्ममा स्वागत गरेका छन् । उनले यसअघि केही म्यूजिक भिडियो र विज्ञापनहरूमा काम गरिसकेकी छन् ।

‘मञ्जरी’ निर्देशक गणेश देव पाण्डेको पाँचौं निर्देशकीय फिल्म ‘पारी बुटोल’को टिजर सार्वजनिक गरिएको छ । १ मिनेट ४० सेकेण्ड लम्बाइको टिजरले फिल्मको कथावस्तु र चरित्र चित्रणबारे प्रकाश पारेको छ । बुटोल भन्ने ठाउँका दुई ग्याङबीचको झडपलाई टिजरको केन्द्रमा राखिएको छ । यसले फिल्म ग्याङ्स्टर कथामा निर्माण भएको प्रस्ट पार्छ ।

वैशाख दोस्रो साताबाट छायांकनको तयारीमा रहेको फिल्म ‘महाराजधिराज’मा कलाकारको लाइनअप बलियो बनेको छ । नयाँ र पुराना पुस्ताका स्थापित कलाकारहरूलाई आबद्ध गराइएको यस फिल्ममा अब अभिनेत्री पूजा शर्माको प्रवेश भएको छ । आइतबार निर्माताले उनलाई फिल्मको मुख्य भूमिकामध्ये एकमा अनुबन्धित गरेका हुन् ।

