

अभिनेता रणवीर सिंह स्टारर फिल्म ‘धुरन्धर’ले गएको एक महिनामा बलिउडका सबै रेकर्ड ध्वस्त पार्यो । हरेक दिन र विकेन्डमा फिल्मको नाममा रेकर्ड बनेका छन् । तर, यसका बाबजुद पनि एउटा रेकर्ड बचेको थियो- सबैभन्दा ठूलो हिन्दी फिल्मको रेकर्ड । यो यस्तो रेकर्ड थियो, जुन बलिउडसँग नभइ तेलुगू फिल्म ‘पुष्पा २’सँग थियो । अब यसको रेकर्ड पनि तोडिएको छ ।

आगामी माघ १ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘मिरमिरे’को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै दर्शकमाझ ल्याइएको तीन मिनेट लामो ट्रेलरमा फिल्मको कथावस्तुबारे संक्षिप्तमा प्रकाश पारिएको छ । बाबु-छोरीको भावनात्मक सम्बन्ध, मातृत्व अभाव र त्रिकोणात्मक प्रेममा फिल्म केन्द्रित रहेको ट्रेलरले प्रष्ट पार्छ ।

तिहारमा प्रदर्शन भएको फिल्म ‘बरिष्ठ बलराम’को ‘न्याउली वनैमा’ गीतपछि फिल्मी गीतहरू खासै चर्चामा आउन सकेका थिएनन् । यो खडेरीलाई फिल्म ‘कुमारी’को ‘डोको बुन्ने’ गीतले केही हदसम्म तोड्ने काम गरेको छ । ६ दिनअघि सार्वजनिक भएको उक्त गीत अहिले दर्शकमाझ लोकप्रिय बनिरहेको छ । गीतले युट्युब र टिकटक दुवै प्लेटफर्ममा राम्रो प्रभाव जमाएको छ ।

गत वर्षको ब्लकबस्टर फिल्म ‘बोक्सीको घर’ रिलिजपछि निर्मात्री तथा अभिनेत्री केकी अधिकारी र निर्देशक सुरक्षण भारतीको सम्बन्ध चिसिएको थियो । भारतीले फिल्म रिलिजको केही दिनपछि सामाजिक सञ्जालमा केकीप्रति लक्षित गर्दै ‘काम गर्ने कालु माम खाने आलु’ भनेका थिए । उनीहरूको सम्बन्ध चिसिँदा ‘बोक्सीको घर २’को निर्माण नै अन्योल बनेको थियो ।

प्रणय दिवसको छेको पारेर माघ २३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘रमिताको पिरती’को नयाँ गीत ‘जुनीभर’ सार्वजनिक गरिएको छ । रोमान्टिक शैलीको यस गीतमा महेश काफ्लेको शब्द, संगीत र स्वर छ । गायनमा उनलाई अस्मिता अधिकारीले साथ दिएकी छिन् । गीतमा युवकले युवतीलाई जुनीभर आफ्नो बनाउन चाहेको भावना व्यक्त छ ।

