Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 415 - 420 of 24136
एजेन्सी, काठमाडौं, 2026-05-13, बुधवार

तमिल सुपरस्टार थलापति विजयले केही दिनअघि मात्र तमिलनाडुको मुख्यमन्त्री पदको शपथ लिए । उनले पदभार ग्रहण गरेसँगै तीन वर्षदेखि तमिलनाडुमा प्रतिबन्ध रहेको फिल्मको बिहानी शो खुला गर्न अनुमति दिएका छन् । सन् २०२३ मा एउटा ठूलो घटनापछि तमिलनाडु सरकारले सुरक्षाको कारण देखाउँदै फिल्मको बिहानी शो राख्न प्रतिबन्ध लगाएको थियो । 

फिल्मीखबर, काठमाडौं, 2026-05-13, बुधवार

मंगलबार अभिनेत्री वर्षा राउतले आफ्नो आधिकारिक टिकटक एकाउन्टमा पोस्ट गरेको एउटा भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ । उक्त मिडियोमा उनले गहभरि आँसु लिएर आफ्नो फिल्म ‘मालती मंगले’लाई कसैले साथ नदिएको भन्दै चित्त दुखाएकी छन् । उनको दुखेसो खासगरी फिल्म क्षेत्रका व्यक्तिहरूप्रति देखिन्छ ।

फिल्मीखबर, काठमाडौं, 2026-05-12, मंगलवार

आगामी जेठ ८ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘काजी’को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार निर्माण पक्षले युट्युबमार्फत तीन मिनेट लामो ट्रेलर दर्शकमाझ ल्याएको हो । फिल्मका मुख्य जोडी विपिन कार्की र केकी अधिकारीलाई केन्द्रमा राखिएको ट्रेलरले उनीहरूको सम्बन्धमा आउने उतारचढावलाई प्रस्तुत गरेको छ । 

फिल्मीखबर, काठमाडौं, 2026-05-12, मंगलवार

फिल्ममा डेब्यू नगर्दै अभिनेत्री दिव्या रायमाझीको चर्चा कुनै सुपरस्टारको भन्दा कम थिएन । अभिनेता दीलिप रायमाझीकी छोरी भएका कारण उनी अमेरिकामा रहँदै दर्शकदेखि फिल्मकर्मीसम्मको नजरमा परेकी थिइन् । यसैले उनले फिल्म पाउन संघर्ष नै गर्नुपरेन । तर, फिल्मी दुनियाँमा आएपछि उनको चर्चा बढ्नुको सट्टा घट्दै गइरहेको छ । 

फिल्मीखबर, काठमाडौं, 2026-05-11, सोमवार

आधुनिकताको बढ्दो प्रवेशसँगै नेपालमा मित लगाउने चलन (रगतको नाता नभएका दुई व्यक्तिबीच आजीवन मित्रताको गाँठो कस्ने परम्परा) हराउन थालिसकेको छ । सामाजिक सद्भाव र भाइचाराको सम्बन्ध स्थापित गर्ने यो परम्परा नेपालमा प्रयोगहीन बन्दै गइरहेका बेला फिल्म ‘मितज्यू’ भने यही विषयमा आधारित भएर निर्माण भएको छ । 

फिल्मीखबर, काठमाडौं, 2026-05-11, सोमवार

गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘मालती मंगले’ले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेका बेला निर्माताले भजन गीत सार्वजनिक गरेका छन् । ‘चुड्का भजन’ बोलको गीतमा पुरुषोत्तम ढुंगेलको शब्द रचना रहेको छ भने किरण भुसाल लगायतको स्वर सुन्न सकिन्छ । किरण स्वयंको संगीत निर्देशन रहेको गीतमा परम्परागत चुड्का लयको प्रयोग गरिएको छ ।

Results : 415 - 420 of 24136