मिति : २०८२ वैशाख २०, शनिवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 415 - 420 of 22568
फिल्मीखबर, काठमाडौं, २०८१ माघ १०, बिहिवार
फिल्मीखबर, काठमाडौं, २०८१ माघ १०, बिहिवार

‘लाहुरे’ निर्देशक तुलसी घिमिरेको ७ वर्षपछिको कमब्याक फिल्म ‘पहाड’मा कलाकारको लाइनअप बलियो बनेको छ । निर्देशक घिमिरेकी कान्छी छोरी पञ्चमीले डेब्यु गर्न लागेको फिल्ममा मदनकृष्ण श्रेष्ठ, विपिन कार्की, सुनील थापा, अरुण क्षेत्री लगायतको अभिनय रहनेछ । अब फिल्ममा प्रियंका कार्की पनि आबद्ध भएकी छन् । निर्माताले उनलाई वर्षा राउतको ठाउँमा लिएका हुन् ।

फिल्मीखबर, काठमाडौं, २०८१ माघ ९, बुधवार

अभिनेत्री नीति शाहलाई फिल्ममा डेब्यु गर्न ठूलै सकस पर्‍यो । नाम चलेका केही स्टारसँग जोडी बाँध्ने गरी सम्झौता गरेका चारवटा फिल्म नबनेपछि उनी अन्योलमा थिइन् । कतिपयले ‘अनलक्की’ समेत भन्न भ्याए । अन्ततः उनले फिल्म ‘खबुरे ब्रो’बाट अभिनेत्रीको परिचय थपिन् । तर, उनलाई पहिलो गाँसमै ढुंगा लाग्यो । न फिल्म चलिदियो न अभिनयमा नीतिले आफ्नो प्रभाव छाड्न सकिन् ।

फिल्मीखबर, काठमाडौं, २०८१ माघ ९, बुधवार

आगामी फागुन २३ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘होस्टेल ३’को ६ दिनअघि सार्वजनिक ‘टिक टिक टिक’ गीत युवापुस्तामाझ लोकप्रिय बन्दै गएको छ । रिलिजको केही घण्टादेखि नै युट्युबमा ट्रेन्डिङ यात्रा सुरु गरेको गीतलाई अन्य सोसल मिडियामा पनि निकै रुचाइएको छ । युट्युबमा १० लाख भ्यूज नजिक रहेको यो गीत यतिबेला ट्रेन्डिङ नम्बर १० मा स्ट्रिमिङ छ ।

फिल्मीखबर, काठमाडौं, २०८१ माघ ९, बुधवार

अनिल योञ्जनको निर्देशनमा बन्न लागेको फिल्म ‘कुस्ती’मा कलाकारको लाइनअप रोचक बनिरहेको छ । मुख्य भूमिकामा अभिनेता धीरज मगर र अभिनेत्री मिरुना मगर निश्चित भइसकेको अवस्थामा भारतीय रियालिटी शो ‘स्प्लिट्सभिल्ला’ सिजन ५ बाट चिनिएकी दिकिला शेर्पाको पनि फिल्ममा प्रवेश भएको छ । यसै साता फिल्म सम्झौता गरेर उनले कार्यशाला पनि ज्वाइन गरिसकेकी छन् ।

फिल्मीखबर, काठमाडौं, २०८१ माघ ९, बुधवार

नेपाली फिल्म क्षेत्रको ‘क्लासिक’ डकुड्रामा मानिन्छ, ‘उजेली’ । ३२ वर्षअघि प्रशारणमा आएको एक घन्टा लम्बाईको यो डकुड्रामा नहेर्ने सायदै नेपाली होलान् । अहिले पनि यसका दृश्य र संवाद उतिक्कै जीवन्त लाग्छन् । तत्कालीन समयमा संसारभरका २६ टेलिभिजन स्टेसनमा देखाइएको ‘उजेली’का केही क्लिप्स करिब ७ वर्ष अगाडि सामाजिक सञ्जालमा निकै भाइरल भएको थियो ।

Results : 415 - 420 of 22568