Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 421 - 426 of 24136
फिल्मीखबर, काठमाडौं, 2026-05-11, सोमवार

गत वर्ष सर्वाधिक कमाइको रेकर्ड बनाएको फिल्म ‘परान’का निर्देशक दीपक प्रसाद आचार्य (काकु)को नयाँ फिल्म ‘चिरञ्जीवी भव:’को शुभ मुहूर्त गरिएको छ । सोमबार बिहान निर्माण टिमले प्राविधिक र मुख्य कलाकारहरूको उपस्थितिमा ललितपुरको पाटनमा अवस्थित बंगलामुखी मन्दिरमा स्क्रिप्ट र क्यामरा पूजा गर्दै फिल्मको मुहूर्त गरेको हो । 

फिल्मीखबर, काठमाडौं, 2026-05-11, सोमवार

अघिल्लो वर्ष प्रदर्शनमा आएको फिल्म ‘मन बिनाको धन’को सिक्वेल बन्ने भएको छ । संगीतकार तथा निर्देशक टंक बुढाथोकीले आइतबार अभिनेत्री पूजा शर्मालाई मुख्य भूमिकामा अनुबन्धित गर्दै ‘मन बिनाको धन २’को औपचारिक रूपमा निर्माण घोषणा गरेका हुन् । फिल्मको अघिल्लो भागमा भने नीता ढुंगानाले मुख्य भूमिकामा अभिनय गरेकी थिइन् ।

फिल्मीखबर, काठमाडौं, 2026-05-11, सोमवार

अभिनेता सुशील सिटौला र अभिनेत्री न्यान्सी खड्काको मुख्य भूमिका रहने फिल्म ‘अक्षरा’को छायांकन सुरु भएको छ । आइतबार काठमाडौंबाट फिल्मको औपचारिक रूपमा छायांकन थालिएको हो । केही दिनअघि काठमाडौंको गुह्येश्वरी मन्दिरमा शुभ मुहूर्त गर्दै फिल्मको निर्माण प्रक्रिया अगाडि बढाइएको थियो । 

फिल्मीखबर, काठमाडौं, 2026-05-10, आईतवार

फिल्म ‘लालीबजार’ प्रदर्शन भएसँगै अभिनेत्री स्वस्तिमा खड्का उर्फ मधुबाला दैनिक १०-१२ घन्टा हलमा दर्शक भेट्न कुदिरहेकी छन् । शनिबार त उनी मध्यरातसम्म हलमै थिइन् । फिल्मलाई दर्शकबाट प्राप्त प्रतिक्रिया र हलमा देखिएको अकुपेन्सीले उनलाई अझ ऊर्जा दिएको छ । यसैले यतिबेला उनी भोकनिन्द्रा बिर्सिएर हलमा दर्शकहरूसँगै रमाइरहेकी छन् ।

फिल्मीखबर, काठमाडौं, 2026-05-10, आईतवार

गत शुक्रबार (२५ वैशाख)बाट प्रदर्शनमा आएको फिल्म ‘मालती मंगले’ले यतिबेला व्यापारमा सुधारका लागि बक्स अफिसमा संघर्ष गरिरहेको छ । शुक्रबार सामान्य रहेको फिल्मको व्यापार हिजो शनिबार सन्तोषजनक रह्यो । आइतबारदेखि भने फिल्मको व्यापार पूर्ण रूपमा ‘वर्ड अफ माउथ’मा निर्भर हुने भएकाले निर्माण टिम आशावादी देखिएको छ ।

फिल्मीखबर, काठमाडौं, 2026-05-10, आईतवार

पछिल्लो समय पुराना कलाकारहरू अभिनयमा फर्किने क्रम बढेको छ । पूजा चन्द (लामा), गणेश उप्रेती, विपना थापा, रेजिना उप्रेती, राजबल्लभ कोइराला, ऋचा घिमिरे जस्ता कलाकारहरूले लामो अन्तरालपछि फिल्ममा कमब्याक गरिसकेको अवस्थामा अब कुनै समयका चर्चित भिलेन पुष्कर भट्ट पनि १० वर्षपछि फिल्म अभिनयमा फर्किएका छन् । 

Results : 421 - 426 of 24136