Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘पार्वती’को ‘नौतुना रेलैमा’ गीतमा छमछमी नाचे दीपाश्री, नीता र अञ्जली

फिल्मीखबर, काठमाडौं, 2026/06/26

Deepa Shree Niraula, Neeta, Anjali

 

अभिनेत्री नीता ढुंगानाको निर्देशनमा बनेको फिल्म ‘पार्वती’को पहिलो गीत ‘नौतुना रेलैमा’ सार्वजनिक गरिएको छ । रत्यौली भाकाको यस गीतमा रचना रिमाल, सरु गौतम र सहिमा श्रेष्ठको स्वर रहेको छ भने शब्द रचना हर्क साउदको हो । गीतमा दीपक शर्माको संगीत रहेको छ । संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ नरेन्द्र वियोगीले गरेका हुन् ।

विवाहको समयमा महिलाहरूले खेल्ने रत्यौलीलाई प्रस्तुत गरिएको गीतको भिडियोमा नीता ढुंगाना र अञ्जली अधिकारीले आकर्षक नृत्य प्रस्तुत गरेका छन् । दीपाश्री निरौला ‘लुठो’ बनेर देखिएकी छन् । सिरु विष्ट, बसुन्धरा भुसाल, आशा पौडेल, अशोक दर्जी, क्रिमसन श्रेष्ठलगायतका कलाकारहरू पनि भिडियोमा देखिएका छन् । गीतका कोरियोग्राफी रामजी लामिछाने हुन् । 

जनै पूर्णिमा तथा रक्षा बन्धनको अवसर पारेर भदौ १२ गतेबाट प्रदर्शन हुन लागेको यस फिल्मलाई हरिहर अधिकारीले निर्माण गरेका हुन् । फिल्मको कार्यकारी निर्मातामा शंकर पाण्डे रहेका छन् । उनी फिल्मका प्रोडक्सन म्यानेजर पनि हुन् । फिल्ममा नीता स्वयंको कथा छ भने पटकथा तथा संवाद शिवम् अधिकारीले तयार पारेका हुन् । 

नीता फिल्म्सको प्रस्तुति रहेको फिल्ममा सुदीप बरालको छायांकन, साहिल खान र मिलन श्रेष्ठको सम्पादन, एलिस कार्कीको पार्श्व संगीत, रामजी लामिछानेको नृत्य निर्देशन तथा प्रशान्त सिवाकोटी, बाबुल गिरी, सिद्धार्थ सरकार पौडेल र दीपक शर्माको संगीत समावेश छ । फिल्मले अटिजम (स्नायु विकाससम्बन्धी समस्या) भएकी युवतीको संघर्षको कथा पेस गरेको छ ।

 

Most Visited News (monthly)