
राजु श्रेष्ठको निर्देशनमा बन्न लागेको फिल्म ‘कंगाल करोडपति’को मुख्य भूमिकामा अभिनेता मुकुन भुसाल अनुबन्धित भएका छन् । शुक्रबार निर्माता र भुसालबीच लिखित सम्झौता भएको हो ।
फिल्ममा अनुबन्धित भएपछि भुसालले पटकथा र आफ्नो पात्र रोचक लागेकाले काम गर्न तयार भएको बताए । ‘धेरै स्क्रिप्ट आइरहेको सन्दर्भमा यसको कथावाचन शैली र मलाई प्रस्ताव गरिएको पात्रले आकर्षित गर्यो,’ उनले भने ।
सिनेमा पाठशालाको ब्यानरमा निर्माण हुन लागेको फिल्मका निर्माता अनिलकुमार बुढाथोकी हुन् । प्रविन आचार्य प्रस्तुतकर्तामा छन् भने सह-निर्माताको रूपमा छिरिङ तामाङ छन् । फिल्ममा सुमन गजमेरको लेखन रहेको छ । आगामी साउनबाट फिल्मको छायांकन सुरु हुने जनाइएको छ ।

