Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 409 - 414 of 23981
फिल्मीखबर, काठमाडौं, 2026-04-01, बुधवार

आगामी जेठ १ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘एक मुठ्ठी बादल’को पहिलो गीत ‘रेल घुम्यो घुम्तीमा’ सार्वजनिक गरिएको छ । मीना पोखरेल र इन्द्रकला राईको स्वर रहेको गीतमा संगीत सुमित पाठकको छ भने शब्द हर्क साउदले लेखेका हुन् । गीतले एउटै घरमा बस्ने तीन पुस्ताका महिलाको बेदना, भोगाइ र अनुभूतिलाई प्रस्तुत गरेको छ ।

फिल्मीखबर, काठमाडौं, 2026-03-31, मंगलवार

किराँत राई समुदायको मौलिक संस्कृति र मूल्य-मान्यतामा आधारित फिल्म ‘नाक्छोङ’ (विजुवा) हङकङमा प्रदर्शन हुने भएको छ । किराँत राई यायोक्खा हङकङको आयोजनामा अप्रिल ५ (२२ चैत)मा हङकङमा फिल्मको प्रदर्शन हुन लागेको हो । निर्माता ज्योतिराज राईका अनुसार फिल्मको शो हङकङको नाथन रोडस्थित जोर्डनमा रहेको जेडी मलमा आयोजना हुनेछ । 

एजेन्सी, काठमाडौं, 2026-03-31, मंगलवार

बलिउड अभिनेता रणवीर सिंह अभिनीत फिल्म ‘धुरन्धर : द रिभेन्ज’ले रिलिज भएको दिनदेखि नै कमाइमा नयाँ रेकर्ड बनाउँदै आएको छ । बलिउडको इतिहासमै सबैभन्दा ठूलो ओपनिङ गरेको यो फिल्मले पहिलो सातामा सर्वाधिक कमाउने हिन्दी फिल्मको कीर्तिमान बनाएको थियो । दोस्रो सातामा आइपुग्दा फिल्मले बलिउडको नाममा रहेको सबै रेकर्ड तोडेको छ । 

फिल्मीखबर, काठमाडौं, 2026-03-31, मंगलवार

पछिल्लो समय नेपालमा कालजयी फिल्मको नाममा नयाँ फिल्म बनाउने ‘ट्रेन्ड’ नै चलेको छ । कुनै पनि फिल्म प्रदर्शन भएको १० वर्षपछि सोही नाममा अर्को फिल्म बनाउन पाउने कानुनी व्यवस्था छ । यसैले पहिला लोकप्रिय भएका फिल्मको नाम सापटी लिएर नयाँ कथावस्तुमा फिल्म निर्माण भइरहेका छन् । तर, कुनैले अघिल्लो फिल्मको साख जोगाउन सकेका छैनन् ।

फिल्मीखबर, काठमाडौं, 2026-03-30, सोमवार

आगामी दशैंमा फिल्म रिलिजको चाप उच्च हुने देखिएको छ । ‘छ माया छपक्कै २’, ‘१२ गाउँ २’, ‘झिँगेदाउ २’, ‘आ बाट आमा २’ र ‘महाराजधिराज’ले दशैंलाई प्रदर्शन मिति तय गरिसकेको अवस्थामा अब अर्को फिल्म पनि थपिएको छ । अभिनेता अनमोल केसीको मुख्य भूमिका रहेको फिल्म ‘बाटुलो जून’ दशैंमा आउन लागेको हो । 

फिल्मीखबर, काठमाडौं, 2026-03-30, सोमवार

वेब सिरिज ‘जस्ट एनदर लभ स्टोरी’ र सर्ट फिल्म ‘टाँक’पछि अभिनेत्री प्रियंका कार्की अब फिचर फिल्म निर्माणमा होमिएकी छन् । उनले फिल्मको नाम ‘मास्टर्नी’ राखेर चैत १३ गतेबाट छायांकन सुरु गरिसकेकी छन् । तीन दिन कास्की जिल्लाको एक गाउँमा छायांकन गरेर फिल्मको टिम काठमाडौं फर्किसकेको जनाइएको छ । अब बाँकी छायांकन काठमाडौंमा हुनेछ ।

Results : 409 - 414 of 23981