Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 397 - 402 of 24136
फिल्मीखबर, काठमाडौं, 2026-05-18, सोमवार

कलाकारहरूको छाता संस्था नेपाल चलचित्र चलचित्र कलाकार संघको अध्यक्षमा उत्तम केसी निर्वाचित भएका छन् । आइतबार काठमाडौंमा सम्पन्न २१ औँ महाधिवेशनमा केसी २१६ मत प्राप्त गर्दै अध्यक्षमा विजयी भएका हुन् । कुल ३५६ मत खसेकोमा उनका प्रतिद्वन्द्वी सविन श्रेष्ठले १३२ मत प्राप्त गरे । सविन संघका निवर्तमान महासचिव हुन् ।

फिल्मीखबर, काठमाडौं, 2026-05-17, आईतवार

‘काजी’ भन्नासाथ धेरैको स्मृतिमा आउने पहिलो नाम हो, दयाहाङ राई । ‘कबड्डी’ श्रृंखलामा उनले निभाएको काजी पात्र दर्शकमाझ यति लोकप्रिय बनेको छ कि उक्त नाम ब्रान्डजस्तै स्थापित भएको छ । तर, अब काजी दयाहाङ मात्र रहेनन्, अभिनेता विपिन कार्की पनि नयाँ फिल्म ‘काजी’मा सोही पात्रको भूमिकामा प्रस्तुत भएका छन् । यो फिल्म जेठ ८ गते प्रदर्शन हुँदैछ ।

फिल्मीखबर, काठमाडौं, 2026-05-17, आईतवार

नेपाली फिल्म क्षेत्रमा अभिनेताको जोडी कमै मात्र लोकप्रिय र सफल छन् । तर, अभिनेता द्वय दयाहाङ राई र सौगात मल्लको जोडीलाई भने दर्शकले अत्याधिक रुचाएका छन् । उनीहरूको जोडीलाई ‘हिटको ग्यारेन्टी’ समेत भन्ने गरिन्छ । हुन पनि उनीहरूले एकसाथ काम गरेका प्रायः फिल्म सफल छन् । चाहे त्यो ‘लुट’ होस् वा ‘कबड्डी’ श्रृंखला ।

फिल्मीखबर, काठमाडौं, 2026-05-17, आईतवार

‘स्टाइलिस स्टार’को रूपमा परिचित सलिनमान बनियाँ ७ वर्षपछि फिल्म ‘युनिभर्सिटी अफ गुण्डाज्’बाट अभिनयमा पुनरागमन गर्ने तयारीमा छन् । यो फिल्मको घोषणा भएदेखि नै उनको जोडी कोसँग बाँधिनेछ भन्नेबारे धेरैमा चासो देखिएको थियो । अब निर्माण पक्षले उनको अपोजिटमा देखिने अभिनेत्रीको टुंगो लगाएको छ । फिल्ममा मीना यसोदा अनुबन्धित भएकी हुन् ।

फिल्मीखबर, काठमाडौं, 2026-05-17, आईतवार
फिल्मीखबर, काठमाडौं, 2026-05-16, शनिवार

अभिनेत्री आँचल शर्माको करिअरले गत अप्रिलमा एक दशक पूरा गरिसकेको छ । सन् २०१६ मा प्रदर्शन भएको फिल्म ‘नाइँ नभन्नू ल ४’बाट उनले अभिनय यात्राको श्रीगणेश गरेकी थिइन् । यसपछि उनले करिअर पछाडि फर्केर हेर्नुपरेको छैन । तर, हरेक फिल्ममा उनी अभिनयको आलोचनाबाट भने मुक्त हुन सकेकी थिइनन् । प्रायः फिल्ममा त उनको अभिनय नै ‘आउड’ हुन्थ्यो । 

Results : 397 - 402 of 24136