मिति : २०८२ वैशाख २२, सोमवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 433 - 438 of 22575
फिल्मीखबर, काठमाडौं, २०८१ माघ ८, मंगलवार
फिल्मीखबर, काठमाडौं, २०८१ माघ ८, मंगलवार

नेपाली फिल्मले व्यावसायिक फड्को मार्न थालेसँगै ठूला व्यापारिक घरानाहरु पनि आकर्षित हुन थालेका छन् । नेपालको प्रतिष्ठित व्यावसायिक घराना चौधरी ग्रुप चाँडै फिल्म निर्माणको तयारीमा रहेको जानकारी प्राप्त छ । गुण समूहका अध्यक्ष राजेन्द्र शाक्य पनि फिल्म ‘मंगलम २’ निर्माण गर्दैछन् । अब अर्को व्यावसायिक घराना फिल्म निर्माणमा जोडिने भएको छ । त्यो हो, गोल्छा ग्रुप ।

फिल्मीखबर, काठमाडौं, २०८१ माघ ७, सोमवार

भ्यालेनटाइन डेको दिन पारेर आगामी फागुन २ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘रंगी’को दोस्रो गीतको रुपमा ‘तिम्रै संसारमा’ सार्वजनिक गरिएको छ । सोमबार युट्युबमार्फत् सार्वजनिक उक्त गीतमा भीम बिसी र रजज्ञा श्रेष्ठको स्वर सुन्न सकिन्छ । गायक बिसी स्वयंको शब्द रचना तथा संगीत रहेको गीतलाई उदयराज पौडेलले एरेन्ज गरेका हुन् ।

फिल्मीखबर, काठमाडौं, २०८१ माघ ७, सोमवार

यस वर्ष अभिनेता प्रदीप खड्काको फिल्म रिलिजको संख्या तीनवटा पुग्दैछ । उनको करिअरमै यो पहिलो पटक हुन लागेको हो । गत जेठमा उनी अभिनीत फिल्म ‘पूजार सार्की’ प्रदर्शन भइसकेको छ । अब यही माघ १६ गते ‘एक्टर : टेक वान’ र चैत २९ गते ‘पिताम्बर’ रिलिजको तयारीमा छन् । यी दुई फिल्म पनि व्यावसायिक रुपमा सफल भए उनले एकै वर्षमा हिटमा ह्याट्रिक गर्नेछन् ।

फिल्मीखबर, काठमाडौं, २०८१ माघ ७, सोमवार

अभिनेता सुशील श्रेष्ठको करिअरका लागि फिल्म ‘आउट ल’ महत्त्वपूर्ण छ । एकपछि अर्को फिल्मको असफलताले ठूलो संकटमा रहेका उनलाई यो फिल्म व्यावसायिक रुपमा सफल हुनु अनिवार्य छ । यसैले उनले फिल्ममा दिलोज्यान दिएर मिहिनेत गरिरहेका छन् । यसमा उनी पूर्ण एक्सन अवतारमा प्रस्तुत हुँदैछन् । निर्माण पक्षको दाबी अनुसार उनले फिल्ममा गरेको एक्सन अद्भूत छ ।

फिल्मीखबर, काठमाडौं, २०८१ माघ ७, सोमवार

अभिनेता नाजिर हुसेन र अभिनेत्री सृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको फिल्म ‘मिसिङः केटी हराएको सूचना’ यही शुक्रबार (माघ ११ गते)बाट प्रदर्शनमा आउने तयारीमा छ । ३२ वर्षअघिको चर्चित डकु-ड्रामा ‘उजेली’ बनाएका दीपेन्द्र गौचनको निर्देशनमा तयार भएकाले फिल्मप्रति दर्शकमा चासो र अपेक्षा बढिरहँदा देशकै ठूलो मल्टीप्लेक्स चेन क्यूफएक्समा अग्रिम बुकिङ खुलाइएको छ ।

Results : 433 - 438 of 22575