Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

९ असोजमा ‘हन्टर’, पोस्टरमा अटाइनन् गरिमा

फिल्मीखबर, काठमाडौं, 2026/06/26

HUNTER

 

जीवन सिंहको लेखन तथा निर्देशनमा बनेको एक्सन–लभस्टोरी फिल्म ‘हन्टर’ इन्द्रजात्राको अवसर पारेर असोज ९ गतेबाट प्रदर्शनमा आउने भएको छ । शुक्रबार निर्माताले एक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मितिबारे जानकारी गराएका हुन् । अब यो फिल्मको बक्स अफिसमा धीरज मगर र मिरुना मगर अभिनीत फिल्म ‘कुस्ती’सँग भिडन्त हुनेछ । 

फिल्मको सार्वजनिक पोस्टरमा मुख्य पात्रहरू अरुण क्षेत्री र प्रकाश शाहलाई आमनेसामने देखाइएको छ । उनीहरू क्रुद्ध मुद्रामा देखिएका छन् । यसले अरुण र प्रकाशको फिल्ममा ठूलो टकराव हुने संकेत गर्छ । सोही पोस्टरको तल्लो भागमा अरुण क्षेत्री र सुप्रज्ञा शर्मा रोमान्टिक मुडमा देखिएका छन् । पोस्टर हेर्दा फिल्मको कथा प्रेम र बदलामा आधारित देखिन्छ । 

यस फिल्ममा अभिनेत्री गरिमा शर्माको पनि मुख्य भूमिका रहेको छ । तर, पोस्टरमा भने उनी अटाएकी छैनन् । यसको कारण या त कथाको रहस्य जोगाउने प्रयास हुन सक्छ, या निर्माताले नै उनलाई प्राथमिकता नदिएका हुन सक्छन् । तर, दर्शकले चिन्ने कलाकारलाई पोस्टरमा नराख्नु फिल्मको प्रचारका हिसाबले फाइदाजनक रणनीति भने होइन । 

क्याच कक इन्टरटेनमेन्ट र ट्राइडेन्ट कन्सेप्टको प्रस्तुतिमा बनेको यस फिल्ममा सरोज खनाल, रमेश बुढाथोकी, रुजा राउत, रोशनी दाहाल, गीता अधिकारी, सुरज भण्डारी, टेकराज शर्माल, लालबहादुर थापालगायतको पनि अभिनय रहेको छ । गोविन्द राज, ममता सिंह, र राज ए भट्ट निर्माता रहेको फिल्मका सह−निर्माता मनिष चन्द, युना शाही, सन्तोष आस्ना पाल हुन् ।

रोयल भीमसेन (भीमसेन शाही) कार्यकारी निर्माता रहेको फिल्ममा निर्देशक सिंह स्वयंको सम्पादन छ भने कृष्ण थापाको डीओपी, शुक्रराज शाहको द्वन्द्व निर्देशन, विक्रम स्वाँर र सञ्जय खिमजिमको कोरियोग्राफी तथा बाबुल गिरी, चक्र बम र महेश ताम्राकारको संगीत छ । फिल्मलाई रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले वितरण गर्नेछ ।

Most Visited News (monthly)